कपिलवस्तु अपडेट: स्वाव परीक्षणका पठाएका २९० जना मध्ये २५२ जनाको १६ संक्रमित ३८ काे नतिजा आउन बाँकी

कपिलवस्तु बैशाख ३०,

कपिलवस्तुबाट  शनिवार काठमाण्डौ स्वाव परीक्षणकालागि पठाइएका २९० जना मध्ये २५२ जनाको  नतिजा आएको छ । जस मध्ये   १६ जनामा काेराेना संक्रमण देखिएकाे छ भने ३८ जनाकाे अझै नतिजा आउन बाँकी छ ।

कपिलवस्तुमा साेमबार बिहान १० जनामा काेराेना संक्रमण पुष्टी भएकाेमा पुनः साझँ गरि ६ जनामा संक्रमित थपिएका थिए । पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । सोमवार साँझ संक्रमित पुष्टि भएका ६ जनामा यशोधराका ४ जना रहेका छन् । उनीहरु  वडा नं ५मा १ जना ,७ मा १ जना  र वडा नं ८को २ जना  रहेका छन् । यस्तै २ जना बुद्धभूमी ७ मानपुरका हुन् । उनीहरु सबै मुम्बईवाट ट्रेन र ट्रक मार्फत आएको जानकारी भएकाे छ ।  यशोधरामा फेला परेका नयाँ ४ जना भारतवाट आएपछि घरमा गएर मात्र क्वारेण्टाइनमा बसेको बताइएको छ । 

यस अघि मायादेवि र शुद्धोधनका ५ जना संक्रमित सहित कपिलवस्तुमा कुल २१ जनामा संक्रमण देखिएको हो  ।

याे पनि पढ्नुस

https://ujyaalopost.com/bishess/2627/

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation