नेपालमा एकै दिन ८३ जना काेराेना संक्रमित, थप २६ जनामा काेराेना संक्रमण पुष्टि

३० वैशाख, कपिलवस्तु । नेपालमा एकै दिन ८३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयकाे जानकारी अनुसार २६ जना नयाँ संक्रमितहरू थपिएका छन् । थपिएका संक्रमितहरू मध्ये पर्सा जिल्लाका १२ जना पुरूष सहित १८ जना छन । यसै गरि महाेत्तरीमा २ जना पुरूषहरू, धनुषामा १ महिला र १ पुरूष भक्तपुरमा एक महिला र एक पुरूष, काठमान्डाै जिल्लाका एक महिला र सलार्ही जिल्लाका एक पुरूष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

पर्सामा १८ जनामा संक्रमण पुष्टि हुनेहरूमा २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषहरू रहेका छन् । यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष तथा धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ भने भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको मन्त्रालयले जानकारी दिएकाे छ ।  

याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या २१७ पुगेकाे छ भने ३४ जना निकाे भएर घर फर्कि सकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation