२५ सय बढी लुकीछिपी नाकाबाट प्रबेश, क्वारेनटाईनमा ४ हजार बढी

कपिलवस्तु ३० बैशाख
कपिलवस्तुमा पछिल्लो २ दिन मै भारतका बिभिन्न स्थानबाट फर्केका २५ सय बढी लुकीछिपी कपिलवस्तु प्रबेश गरेका छन । भारतमा लकडाउन खुकुलो परे पछि अहिले कपिलवस्तुका आधा दर्जन बढी सिमा नाकाबाट लुकीपिी आउनेक्रम बढेको हो । २ दिन अघि जिल्लाका १० पालिकामा १५ सयको हाराहारीमा क्वारेनटाईनमा थिए ।

मंगलबार त्यो संख्या बढेर ४ हजार ६ पुगेको प्रशासन कार्यालयले जनाएको छ । सशस्त्र प्रहरीले मंगलवार साझ सम्म सिमामा २ हजार ४ सय जना रहकेो जनाएको छ । भारत र नेपाल बिच फर्कने खोज्नेलाई त्यही देशको क्वारेनटईनमा राखने सहमती भएको थियो तर भारतीय सुरक्षा अधिकारीले भारतबाट फकर्ने नेपालीलाई भगाउन थाले पछि अहिले नाकामा फर्कनेको भीड छ ।

सबै भन्दा बढी महाराजगंजमा १ हजार २२ जना क्वारेन्टाईनमा छन । यस्तै कृष्णगनरमा ७ सय ५५, शुद्धाेधनमा ५ सय मायादेबीमा ४ सय ८६, बिजयनगरमा ३ सय ४४, शिवराजमा १ सय ९७, बाणगंंगामा ४९, यशोधरामा ३ सय ४०, कपिलवस्तुमा १ सय ८०, बुद्धभुमीमा २ सय १३, जना क्वारेनटाईनमा छन । ती सबै भारतबाट फर्कका हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation