३१ वैशाख, कपिलवस्तु। कपिलवस्तु बुधबार थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थय प्रयाेगशाला, काठमान्डाैमा गरिएकाे परीक्षणमा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ का २२ बर्षिय पुरुष हुन । उनी अहिले तौलिहवा स्थित बुद्ध पद्म माबिको क्वारेन्टाईनमा छन यो सँगै कपिलवस्तुमा काेराेना संक्रमितकाे संख्या ३० पुगेकाे छ, भने कपिलवस्तु नगरपालिकामा ९ जनामा संक्रमणकाे पुष्टी भएकाे छ ।
बुधबार नै बाँकेका एक जनामा काेराेना संक्रमण पुष्टी भएकाे थियाे धुलिखेल अस्पतालमा गरिएको परीक्षणअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा काेराेना संक्रमण देखिएकाे थियाे ।
याे संगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । नयाँ संक्रमितकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र स्वास्थ्यकर्मीहरूकाे सम्पर्कमा रहेकाे मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताउनुभयो।
