अपडेटः कपिलवस्तुका ८, रुपन्देहीका १२ सहित २४ जना कोरोनाका नयाँ संक्रमित पुष्टि

३१ वैशाख, कपिलवस्तु ,

कपिलवस्तु बुधबार साझ थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ यो संगै संक्रमितको संख्या ३८ पुगेको छ ।
राष्ट्रिय जन स्वास्थय प्रयोगशाला, काठमान्डौमा गरिएको परीक्षणमा कपिलवस्तुका २२ देखी ४२ बर्षका ८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यसै गरि रुपन्देही जिल्लामा ९ जना पुरुष र ३ जना महिला सहित १२ जनामा कोरोना संक्रमण देखिएको छ यस्तै पर्सामा २ पुरुष र १ महिलामा र नवलपरासीमा ३६ बर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाकारी दिएको छ ।
बुधबार दिउस नै कपिलवस्तु र बाँकेका एक/ एक जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । नयाँ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरूको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताउनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation