कृष्णनगरमा पनि काेराेना प्रबेश, थपिएका ८ जना नै कृष्णनगरका

कपिलवस्तुमा बुधबार साँझ थपिएका ८ जना संक्रमित कृष्णनगर नगरपालिकाका रहेको पाइएको छ । उनीहरु नगरपालिकाको महेन्द्र मावि क्वारेनटाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना श्राेत व्याक्ती कुमार थापाले जानकारी दिनु भएकाे हाे ।

याे स‌गै कपिलवस्तुमा कुल संक्रमितको संख्या ३८ पुगेको छ । दिउँसो मात्र कपिलवस्तु नगरपालिकाको वडा नं. ४ का एक पुरुषमा संक्रमण देखिएको थियो ।

यसैगरी कपिलवस्तुसंगै रुपन्देहीमा ९ जना पुरुष र तीन जना महिलामा कोरोना देखिएको छ । यस्तै पर्सामा ३ जना र नवलपरासीका १ जनामा कोरोना देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation