कोरोना अपडेट: कपिलवस्तुमा चार जना सुरक्षाकर्मी पनि संक्रमित

बैशाख ३१, ताैलिहवा

स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको रिर्पोटमा ८ जनामध्ये चार जना सुरक्षाकर्मी भएको खुलेको छ भने एक जना नगरका कर्मचारी रहेका छन् । ३ जना भने कृष्णनगर नगरपालिकाको महेन्द्र माबिको क्वारेन्टाइनमा रहेका व्यक्तिहरु भएको जानकारी आएको छ ।
बुधबार कोरोना पुष्टि भएका सुरक्षाकर्मीहरुमा एक जना शसस्त्र प्रहरी नायब निरिक्षक (सई), एक जना नेपाल प्रहरीका सई र प्रहरी हवल्दार गरी दुइ जना र एक जना राष्ट्रिय अनुसन्धान बिभागका असई रहेका छन् । कृष्णनगरमा लिंक गेट र बजारमा डियुटीमा खटिएका ४ जनामा सुरक्षाकर्मीमा कोरोना भएको प्रहरी श्राेतले जानकारी दिएकाे छ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले पनि सुरक्षाकर्मी संक्रमित भएको पुष्टि गर्नु भएकाे छ । उनिहरुको बैशाख २९ गते स्वाब संकलन गरिएको थियो ।

प्रयाेग गरिएकाे तस्बिर सा‌केतिक हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation