अपडेटः कपिलवस्तुमा एक ६ वर्षिय बालिका सहित २ जना संक्रमित थपिए, काठमान्डौमा पनि एक जनामा कोरोना पुष्टि

१ जेष्ठ, कपिलवस्तु ,

कपिलवस्तु बुधबार राति एक जना पुरुष र बिहिबार बिहान एक बालिकामा कोरोना संक्रमित पुष्टि भएका छन् यो संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

विजयनगर गाउँपालिका-६ रामसरन आधारभुत बिधालय जुटपानीको क्वारेन्टाइनमा रेहेका ३२ बर्षिय पुरुषलाई क्वारेन्टाइनमा रहदा स्वास्थ समस्या देखिए पछि २०७७/०१/३० गते भिम अस्पताल भैरहवा प्रेशण गरिएको र हिजो कोभिड १९ परिक्षण नतिजा पोजेटिभ आएको छ । हाल उहाँको भिम अस्पतालमा उपाचार हुँदै छ । प्राप्त जानकारी अनुसार उहाँको स्वास्थ सुधार उन्मुख रहेको जानकारी छ ।

कपिलवस्तुमा ६ वार्षिय बलिकामा कोरोना संक्रमण देखिएको छ । ती बालिका काठमाडौंको टिचिङ्ग अस्पतालमा उपचार गराउदै अएको कपिलवस्तुको कोरोना सम्पर्क ब्यक्ति कुमार थापाले बताएका छन । राष्ट्रिय जन स्वास्ठय प्रयोगशाला, काठमान्डौमा गरिएको परीक्षणमा ति बालिकामा कोरोना देखिएको हाे । यस संगै काठमान्डौ चन्द्रगिरि निवासी ३२ बर्षिय पुरुषमा समेत कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाकारी दिएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ । नयाँ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरूको सम्पर्कमा रहेको मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले बताउनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation