नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो

कपिलवस्तु जेष्ठ १,

बिहिवार स्वास्थय तथा जन संख्या मन्त्रालयको ७ः४५ को प्रेस बिज्ञप्ती अनुसार नेपालमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । बिहिवारनै कपिलवस्तुको बाणगंगाकी एक ४ बर्षिया बालिकामा कोरोना पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार जन स्वास्थ्य प्रयोगशाला काठमान्डौमा गरिएको परिक्षणमा धनुषाको जनकपुर नगरपालिका ४० बर्षिय पुरुष, २० बर्षिया महिला, महोत्तरीको जलेश्वर नगरपालिका र वलावा नगरपालिकाका १६ र ३५ वर्षिय पुरुष र सर्लाहीको धान्कौली नगरपालिकाका ४५ बर्षिय पुरुष रहेको छन् ।
यस संगै नेपालमा संक्रमितको संख्या २ सय ५० पुगेको छ, नयाँ संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिनु भएको ।

जस मध्ये ३५ जना उपचार पछि निकाे भएका छन् । नेपालमा हाल काेराेनाबाट कसैकाे मृत्यु भएकाे पुष्टि भएकाे छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation