सरकारी रबैया र कपिलवस्तुकाे अवस्था प्रति कांग्रेस नेता अतहर कमाल चिन्तितः परिक्षण छिटो गर्न माग

कपिलवस्तु जेष्ठ १,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभाका सांसद अतहर कमाल मुसलमानले कपिवलस्तु जिल्लामा कोरोना भाइरसका संक्रमितहरूको संख्या बढेर ‘हटस्पट’ हुँदा समेत सरकारले रोकथाममा ढिलाइ गरेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।
बुधवार कांग्रेस नेता मुसलमानले प्रेस नोट जारी गरेर कपिलवस्तु जिल्लामा कोरोना भाइरसका संक्रमितहरूको परीक्षणमा उचित ध्यान दिन सरकारसँग माग गर्नु भएको छ । उहाले भन्नु भयो ‘कपिलवस्तु जिल्ला कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बनिसक्यो । परीक्षण गर्ने विषयमा सरकारले ढिलाइ गरेको छ । छिटो परीक्षणको व्यवस्था गर्नुपर्यो ।’
खुला सिमाना भएकै कारण भारतबाट नेपालीहरू प्रवेश गर्ने क्रम बढेको भन्दै ती नेपालीहरूको परीक्षण गरेर मात्रै प्रवेसको व्यवस्था गर्नुपर्ने नेता कमालले माग गर्नु भएको छ । उहाँले लकडाउनले मात्रै समस्याको समाधान नभएर पीसीआर पद्धतिबाट परीक्षणको दायरा बढाउन र जिल्लामा छिटो भन्दा छिटो आइसुलेशन अस्पतालको स्थापना गर्नु पर्ने बताउनस भयो ।
कांग्रेस नेता कमालले उज्यालो पोष्टसंग कुरा गर्दै भन्नु भयो एउटा पनि संक्रमित नदेखिएको मुख्यमन्त्री शंकर पोखरेल निर्वाचित जिल्ला दाङमा पिसीआर टेष्ट गरिएको छ, तर संक्रमण फैलिएर महामारीको रुप लिईसकेको कपिलवस्तुलाई हेर्ने सरकारी रबैया सकारात्मक छैन्, होइन भने किन परिक्षणको दायरा बढाइदैन् किन ? अस्पताल बनाईदैन ?
नेता कमालले सरकारले व्यवस्था गरेको क्वारेन्टिनको हालत समेत दया लाग्दो रहेको बताउनु भयो । उहाँले भन्नु भयो केन्द्र सरकार र प्रदेश ५ को सरकारले कपिलवस्तु जिल्ला हटस्पट बन्दा समेत रोकथाम र उपचारमा जति ध्यान दिनुपर्ने थियो त्यसरी ध्यान दिएको छैन् । तर यस्तो अवस्थामा पनि प्रदेश ५ का मुख्यमन्त्री र स्वास्थ्यमन्त्री सरकार बचाउने पार्टीको आन्तरिक किचलोमा रमोलिएर बसेकोमा दुःखः व्यक्त गर्नु भयो ।
उहाँ भन्नु हुन्छ जिल्लाका अवस्ता हेर्ने हो ‘प्रशासनले जिल्ला सिल गरेर बाटो छेक्ने बाहेकको काम गरेको छैन, कपिलवस्तुमा आईशोलेशन वार्ड स्थापना र पिसीआर टेष्ट दायरा बढाउने तर्फ सोच नै देखिदैन् उहाँले आक्रोस व्यक्त गर्नु भयो । यो बेला प्रतिपक्षले सरकारलाई पुर्ण रुपमा सहयोग गरेको छ कोरोना महामारी रोकथाममा सरकारलाई कांग्रेसले पुर्ण रुपमा साथ दिएको छ तर सरकारी रबैया भने जन अपेक्षित छैन् ।
भारतबाट कपिलस्तु जिल्ला हुँदै अर्घाखाँची, गुल्मी, दाङ, प्यूठान, रोल्पा, रुकुम लगायतका जिल्ला जाने नेपालीहरू आउने भएकाले ती जिल्लाको सुरक्षाका लागि पनि कपिलवस्तुलाई केन्द्र बनाइ परीक्षण र उपचार पद्धति अगाडि बढाउनुपर्ने उहाँको माग छ ।
कपिलवस्तु जिल्लामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ, जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याकंलाई हेर्ने हो भने कपिलवस्तु जिल्लामा ४० जना संक्रमित छन् । बुधबार राति संक्रमित स्वास्थ्य कार्यालय कपिलवस्तुले पुष्टि गरेका बिजयनगरका गाउँपालिका एक युवाको बारेमा मन्त्रालयको तथ्याकंमा गणना गरिएको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation