कपिलवस्तु अस्पताल बन्द, इमरजेन्सी र प्रसुती बाहेकका सबै ठप्प

तौलिहवा, २ जेष्ठ

कपिलवस्तुको तौलिहवा स्थित जिल्ला अस्पत्ताल बन्द भएको छ । त्यहा कार्यरत एकजना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि सबै स्वास्थ्यकर्मीमा जोखिम वढेको जनाउदै अस्पत्ताल बन्द भएको हो । अस्पत्तालद्धारा जारी बिज्ञीतीमा भनिएकोछ सबैको कोरोना परीक्षण नहुदा सम्मका लागि अस्पत्तालका सबै सेवा बन्द गरिएकोछ ।

निमित्त मेडिकल सुपरटेण्डेण्ट डा. गणेश क्षेत्रीको हस्ताक्षरमा जारी बिज्ञप्तीमा भनिएकोछ इमरजेन्सी र प्रसुती बाहेकका सबै सेवाहरु अर्काे निर्णय नहुदा सम्मका लागि बन्द गरिएकोछ । त्यहा कार्यरत स्टाफनर्समा ४ दिन पहिलो कोरोना संक्रमण पुष्टि भएको थियो । नर्सलाई तौलिहवाकै आइशोलेशन अस्पत्तालमा राखिएको छ । अहोरात्र सेवामा खट्ने सहकर्मी नर्स संक्रमित भएकोमा स्वास्थ्यकर्मी चिन्तीत भएकै बखत आफूहरुमा पनि जोखिम रहेकाले परीक्षण नहुदा सम्म अस्पत्तालको सेवा बन्द गरेको छ ।
आज नै जिल्ला अस्पताल तौलिहवाका सम्पुर्ण कर्मचारीहरुको स्वाव संकलन भइरहेको छ । अस्पतालका एक नर्सलाइ काेराेना संक्रमण पुष्टि भए देखी नै जिल्ला अस्पताल बन्द गर्न र स्वास्थ्यकर्मीहरुलाइ क्वारेन्टाइनमा बस्न दवाव बढेकाे श्राेतले बताएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation