प्रदेश नं. ५ मा संक्रमितको संख्या बढ्दै, १० जना संक्रमितलाई अहिले सम्म अस्पताल ल्याइएको छैन्

बुटवल जेष्ठ २,

प्रदेश नं. ५ मा संक्रमितको संख्या बढ्दै छ । अहिले सम्म ९३ जना संक्रमित देखिएका हुन् । एक जना निको भएर घर गएका छन् । ९२ जना मध्ये ८२ जनालाई अस्पताल ल्याइएपनि बेड अभावमा १० जना संक्रमितलाई अहिले सम्म अस्पताल ल्याइएको छैन् ।

संक्रमित मध्ये बाँकेका २५ र बर्दियाकी एक बालिकालाइ बाँकेकै आइसोलेटेड अस्पताल शुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ । रुपन्देही कपिलवस्तु र नवलपरासीका ६७ जना संक्रमित छन् । ती मध्ये बुटवलको धागो कारखानामा बनाइएको आइसोलेटेड अस्पाल र भैरहवाको भिम अस्पतलमा अहिले सम्म ५७ जनालाइ राखिएको छ । बुटवलको कोरोना अस्पताल ५० बेडको भनिएपछि ३६ बेड मात्रै छन् । जहाँ कपिलवस्तु र रुपन्देहीका संक्रमित राखिएका छन् । बाँकी १९ जना भैरहवाको आइसोलेटेडट भिम अस्पतालमा छन् । भिम अस्पतालमा ३० बेड भनेर प्रचार गरीएपनि २२ वटा बेड रहेको अस्पतलाका सुचना अधिकारी गोपाल उपाध्यायले बनाए । बिहिबार सम्म अस्पताल ल्याउनु पर्ने संक्रमित १० जना छन । तर भिममा अव जम्मा तीन बेड खाली छन् । बाँकी ७ जनाको कसरी व्यवस्थापन गर्ने अन्यौल देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेको आइसोलेटेड अस्पतालमा २६ जना संक्रमित छन । सो अस्पताल ४० बेडको भनिएपनि अस्पतालका केही डाक्टर नर्सहरू पनि सोही अस्पतालमै बसेकाले थप बिरामी राख्ने अवस्था नरहेको अस्पताल प्रशासनले जनाएको छ । अहिले सम्म भेटिएका संक्रमितकै उपचारमाा समस्या देखिरहेका बेला पिसीआर रिर्पोट आउन बाँकी रहेकाबाट फेरी संक्रमित थपिए भने के गर्ने भन्ने बिषय झनै जटिल बनेको छ ।

सुरुमै सम्भाव्य जोखीमको आंकलन गरे दीर्घकालिन सोच सहितको रणनीतिक योजना नबनाउदा संक्रमितको संख्या सय नकट्दै कोभिड १९ का बिरामीको उपचारमा समस्या देखिएको सामाजिक विकास मन्त्रालयका एक जना स्वास्थ्य अधिकारीले बताए । प्रदेशमा जम्मा ४ हजार १२० जनाको स्वाब संकलन गरीको छ । त्यसमध्ये जम्मा ३ हजार ४७१ को रिर्पोट आएको छ । बाँकी ६ सय ४९ वटा नमुनाको परीक्षण हुन बाँकी छ । रुपन्देही र कपिलवस्तुमा कन्ट्याक्ट ट्रेसिङ गरिदैछ । टेष्ट बढदै जाँदा संक्रमितको संख्या बढन सक्ने चिकित्सकहरूले बताएका छन् । बुटवल र भैरहवामा बेड थप्ने, नेपालगञ्जको आर्मी अस्पतालाइ आइसोलेटेड बनाइनेप्रदेश नं. ५ मा आइसोलेटेड अस्पताल ४ वटा छन । तीनमा २ सय ३० बेड छन । २६ बेड आइसीयु र १२ वटा भेन्टिलेटर छन । बुटवलको धागो कारखानाको कोरोना विशेष अस्पताल, भैरहवाको भिम अस्पताल, दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान र बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पताल कोरोना उपचारकालागि बनाइएका आइसोलेटेड अस्पताल हुन । यी मध्ये तीन वटा अस्पताल भरीएका छन । दाङको बेलझुण्डिको आइसोलेटेड अस्पतालमा कोरोनाका संकास्पद बिरामीमात्रै राखिएको छ । कपिलवस्तु पुर्वका ६ संक्रमितलाई बुटवल भैरहवामा र दाङ पश्चिमका संक्रमितको उपचार दाङ र बाँकेमा गर्ने योजना अनुरुप प्रदेश सरकारले ४ वटा अस्पताल कारोनाकालागि आइसोलेटेड बनाएको हो । संक्रमितको संख्या बढ्न थालेपछि तीनमा बेड थप्ने तयारी गरीएको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालले बुटवलमा डेढ सय बेड र भैरहवामा २० बेड थपीने बताए । ‘आइसोलेसन बेड बढाउनु पर्ने छ ।

धागो कारखानालाइ २ सय र भैरहवाको भिम अस्पताललाइ ५० बेडमा बिस्तार गर्दैछौ’ मन्त्री बरालले भने । आइसीयु र भेन्टिलेटर तत्कालागि प्रयाप्त रहेको उनले बताए । प्रदेश सरकारले गत महिना नै बाँकेका आर्मी र प्रहरी अस्पतालाइ कारोना विशेष अस्पताल बनाउने भनेको थियो । तर अहिले सम्म कार्यान्वयन भएको छैन । मन्त्री बरालले आर्मी अस्पतालका बिरामी अन्यत्र सिफ्ट गर्नु पर्ने भएकाले केही ढिलाइ भएको बताए । ‘अव केही दिनमा आर्मीको अस्पताल पनि कोरोनाकालागि आइसोलेटेड बन्नेछ’ मन्त्री बरालले भने । सो अस्पताल ५० बेडको हो । त्यसबाहेक बुटवल र नेपलगञ्जका नीजि अस्पतालहरूलाइ पनि आइसोलेटेड अस्पताल बनाउने तयारी अनुरुप अस्पताल संचालकहरूसंग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । नीजि क्षेत्रको जनशक्ति हायर गरीनेमन्त्री बरालले तत्कालािग जनशक्ति अभाव नदेखएिको बताए । आइसोलेटेड अस्पालमा चिकित्सक नर्स सहित साढे २ सय बढी जनशक्ति कोभिड १९ का बिरामीको उपचारकालागि खटिएका छन । अहिले सम्म भेटिएका बिरामी बिना लक्षणका छन । उनीहहरूलाइ सर्पोटिङ मेडिसीन अवश्यक परेको छैन र आइसीयु भेन्टिलेटरमा राख्नुपर्ने अबस्था पनि नरहेकाले जनशक्तिका समस्या नदेखिएको मन्त्री बरालको भनाइ छ ।

संक्रमितको सख्या थपिए निजी अस्पताल तथा मेडिकल कलेजको जनशक्ति तत्काल हायर गरेर काममा लगाउने कार्ययोजना बनीसकेको पनि मन्त्रीले बताए । उपचारमा १३ करोडकोभिड १९ को उपचारकालागि प्रदेश सरकारले अहिले सम्म १०करोड बजेट निकासा गरेको छ । ३ करोड रकम नीजि क्षेत्रबाट सहयोग स्वरुप संकलन भएको छ । हाल सम्म १३ करोड बजेट कोभिड १९ कालागि आइसोलेसन अस्पताल निर्माण, तीनको व्यवस्थापन तथा संक्रमितको उपचारमा लगाइएको मन्त्रालयले जनाएको छ । बजेटको समस्या नरहेको र बजेट अभाव हुन नदिने प्रदेश सरकारले बचन दिएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । परीक्षण सुस्त जोखीम बढदोप्रदेशमा भारतबाट आएकाबाटै संक्रमण भित्रिएको हो । पहिलो पटक प्रदेशमा रुपन्देहीका २५ बर्षे युवक र बाँकेका ६०बर्षे बुद्धमा कोरोना पोजेटिभ देखिएको थियो । ती दुवै जना केही समय अघि भारतबाट आएका थिए । त्यसयता भेटिएका संक्रमित मध्ये ६२ जना भारतबाट आएका हुन । यो प्रदेशमा भारतबाट आएका तथा कोरोनाको जोखीममा रहेका डेढ लाख बढी परिक्षण बाहिरै रहेको अनुमान स्वास्थ्यका अधिकारीहरू तथा डब्लुएचओका प्रतिनिधिहरूले गरेका छन । तर अहिले सम्म प्रदेशमा जम्मा ४ हजार १२० जनाको स्वाब संकलन गरीको छ । ३ हजार ४७१ को रिर्पोट आएको छ । हिजो आज पनि भारतका कोरोना फैलीएका शहरबाट फकर्नेहरूको सख्या बढदो छ । केन्द्र सरकारले सिमामा कडाइ गर्ने भनेपनि स्थानीय जनप्रतिनिधि र प्रशसनले सिमामा अलपत्र परेकालाइ वारी ल्याइरहेका छन । पछिल्लो तीन दिनमा मात्रै प्रदेशका सिमावर्ती ६ जिल्लाबाट साढे ४ हजार नेपाली वारी आएका छन । तर त्यसरी ल्याइएकाको तत्कालै परिक्षण गर्न किट नभएकाले सम्भव नभएको प्रदेशको जनस्वाास्थ्य प्रयोगशालाका निर्देशक डा राजेन्द्र गिरीले बताए ।क्वारेन्टिनमा झनै बिजोगपछिल्लो पन्ध्र दिनमा भारतका बिभिन्न शहरबाट निस्केका नेपालीहरू धमाधम सिमामा थुप्रिन थाले ।

कोही लुकेरै वारी आए भने अधिकतरलाइ यहाँका जनप्रतिनिधिहरूले वारी ल्याए । तर तीनको व्यवस्थापनकालागि तीनै जनप्रतिनिधिले क्वारेन्टिनको क्षमता बिस्तार गरेनन । जसका कारण अहिले रुपन्देहीको सिमावर्ती पालिकाहरूले स्कुलमा अव्यवस्थित रुपमै भारतबाट फर्केकालाइ राखेका छन । स्कुलका बेच्च जोडेर खटिया बनाइएको छ । प्रति व्यक्ति १७६ रुपैँया खर्च दिएर घरबाटै खाना ल्याउनु पर्ने नियम बनाइएको सम्मरीमाइ गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख मुन्सिप्रसाद माझीले बताए । त्यसरी स्कुलहरूमा अव्यवस्थित रुपमै राखिएकाहरूबाट तीनका आफन्त समुदायलाइ समेत जोखीमा पारीरहेका छन । क्वारेन्टिन व्यवस्थापनको जिम्मा स्थानीय सरकारको भएको र त्यसकालागि प्रदेश सरकारले समेत यसअघि नै बजेट उपलब्ध गराएको प्रदेश सरकारका प्रबक्ता मन्त्री बैजनाथ चौधरीले बताए ।नर्समा कोरोना संक्रमण पुष्टी भए पछि कपिलवस्तु अस्पतालको आकीिस्म बाहेक सबै सेबा बन्द कपिलवस्तु जेठ २स्टाफ नर्समा समेत कोरोना संक्रमण भएको पुष्टी भए पछि कपिलस्तु अस्पतालको अकस्मि बाहेका सबै सेवा शुक्रवारबाट बन्ँद गरिएको छ । ३ दिन अघि अस्पतालका कार्यरत २५ बिर्षया एक स्टाफ नर्स सहीत कपिलवस्तु नगरपािलकाका ८ जनामा कोरोना संक्रमण देखिएको थियो ।अस्पतानलको प्रसुति बार्डमा काय्र्ररत ती स्टाफ नर्सलाई अस्पताल कै आईसोलेन बेडमा उपचाररपित छिन । स्टाफ नर्स संक्रमति भए पनि अस्पतालमा सेवा सुचारु गरिएको प्रति तौहिलवा बिरोध सूरु भएको थियो । अस्पतालका निमित्त मेसु डाक्टर गणेश क्षेत्रीले अस्पतालमा कार्यरत नर्स संक्रमति भए पछि अस्पतालमा आकस्मिक सेवा र प्रसुति सेवा बाहेक सबै सेवाहरु बन्द गरिएको सुचना निकालेका छन । अस्पतालमा कार्यरत कर्मचारीहरुमा पनि कोरोनाको जोखिममा परेको र स्वाब सकलन कार्य जारी रहेको डाक्टर क्षेत्रीले बताए । स्वाबको रिपाटै नअए सम्मकालागि अस्पतालमा सेबा बन्द गरिएको हो । अस्पतालमा कार्यरत कर्मचारीलाई सुरक्षित र अस्पतालको संपर्कमा रहन आग्रह गरिएको छ ।

कपिलवस्तु अस्पतालका मेसु, संक्रमित नर्स सहीत ७ जनाको स्बाव संकलन गरी बिहीवार नै भैरहवामा पठाईएको अस्पतानलका ब्यवस्थापक रत्नाकर शुक्लाले बताए । ब्यवस्थापक शुक्ला अनुसार अस्पतालका कर्मचारी, स्वस्थ्यकर्मी, प्रहरी गरी ९० जनाको स्बाव सकलन कार्य जारी रहेको छ । कपिलवस्तु नगरपालिकाको बुद्धपदम उमाबि र महेन्न्द्र आधाभुत बिद्यालयम क्जवारेनटाईन तथा अस्पतालको ५ जना गरी कुल १ सय ३ स्वाब पठाईएकोमा ८ जना संक्रमित भेटिएको नगरपालिकाका स्वास्थय संयोजक उमेश गुप्ताले बताए । जिल्ला स्वास्थ्य कार्यालयका कोरोनाका फोकल पर्सन कुमार थापाले संक्रमित भेटिएकी नर्सको लामो कन्टेयाक्ट हिस्टी भएकाले समय लागने बताए । ‘ कन्टाृक्टर हिस्ट्री र ट्रसिङको कार्य जारी छ, एक दुई दिन अझै लाग्छ ’ उनले भने । कपिलवस्तनुमा ४० जना संक्रमित भेटिएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation