नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

काठमाडौं  नेपालमा कोरोना भाइरस (कोभिड-१९) ले एक महिलाको मृत्यु भएको छ। केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय महिलाकाे मृत्यु भएको हो। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो हुन्।

केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो। स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो।

उनको बिहीबार राति मृत्यु भएको हो। ‘उनको सुरुमा आरडीटी पोजिटिभ आएको थियो। अहिले पीसीआर पनि पोजिटिभ आएको छ’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने। ति अधिकारीका अनुसार महिलाको पीसीआर रिपोर्ट  मन्त्रालयले नियमित प्रेस सम्मेलनमा दिनेछ । नेपालमा काेरोना संक्रमितको संख्या २७६ पुगेको छ । ३६ जना भने निको भएका छन् । 

श्राेत अनलाइनखबर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation