कोरोना संक्रमितको संख्या २८१ पुग्यो, कपिलवस्तुमा ३ सहित एकैदिन थपिए १३ जना

नेपालमा  शनिबार एकैदिन १३ जना कोरोनाभाइरसका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार राति सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार धनुषाका २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै शनिबारमात्रै १३ जना संक्रमित पुष्टि भएको हो । यसै गरि शनिबारनै कपिलवस्तुकाे शिवराज नगरपालिकामा नयाँ संक्रमित देखिएका थिए ।

ति व्यक्तीहरु मध्ये शिवराज नगरपालिका वडा ११ थुनियाका १ जना र शिवराज नगरपालिका वडा न ८ का २ जना रहेकाे स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले जानकारी दिनु भएकाे थियाे ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २८१ पुगेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation