८ जना संक्रमित भएको नरैनापुरको क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

बाँकेको नरैनापुरको क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको मृत्यु भएको छ ।

नरैनापुरमा केही दिन अघि मात्र क्वारेन्टाइनमा बसेका मध्ये ८ जनामा कोरोना संक्रमन देखिएकाे थियो । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नैरानपुरको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु भएका ब्यक्तिको स्वाब हिजो नै संकलन गरिसकेको श्रेष्ठले बुटवल टुडेलाई बताएका छन् ।

गत ३० मा भारतको मुम्बई देखि आएका मृतक युवालाई नरैनापुरको क्वारेन्टाइनमा राखिएको थियो र आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि उपचारका लागी एम्बुलेन्स समेत बोलाइएको थियो तर एम्बुलेन्स पुग्नु अगावै उनको मृत्युु भएको नरैनापुरका स्वास्थ्य शाखा इन्चार्ज मोइन खाँनले बताएका छन् ।

मृतक पुरुष २५ बर्षका थिए । उनको कोरोनाको कारण मृत्यु भएको हो होईन स्वाब परिक्षणको नतिजा आएपछि मात्रै थाहा हुने खानले बुटवल टुडेलाई बताएका छन् । # साभार ; बुटवल टुडे #

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation