कोरोना मैत्री भएर दैनिक जिवनलाई सहज बनाउनु पर्छ नेकपा नेताः पन्थी, भिडियाे सहित

जेठ ४, नेकपाका नेता प्रदेश सभा कपिलवस्तु क्षेत्र नं. १ को बाट प्रदेश सभा सदस्य बिष्णु पन्थीले लकडाउन समस्याको समाधान नभई कोरोना मैत्री वातावरणमा काम गर्ने तथा दैनिक जिवनलाई सहज बनाउनु बताउनु भएको छ ।
उज्यालो पोष्ट डटकमको कोरोना बिशेष उज्यालो संवाद कार्यक्रममा आफ्ना धाराणा राख्दै पन्थिले देश दुई महिना लकडाउन भईसकेको अवस्थामा लक डाउने पारेको प्रभाव, लक डाउन नभएकाे भए के हुने थियाे लगायतका सिकाई, अनुभवलाई लिएर अव सामाजिक दुरी काय राखी, सरसफाईमा ध्यान दिदै, सिमा क्षेत्रमा निगरानी बढाएर कोराना मैत्री भएर दैनिक कार्यहरु संचालन गर्नु पर्ने बताउनु भयो ।
उज्यालो संवादमा कुरा गर्दै उहाँले भन्नु भयाे व्यापक रुपमा पिसिआर परिक्षण गर्नु पर्ने, नीजि स्वास्थ्य सेवा प्रदायकहरुलाई पनि पीसिआर परिक्षणको लागि अनुमति दिनु पर्ने बताउनु भयो । उहाँले भारतबाट आफ्नो देश आउन खोज्ने नेपालीहरुलाई संघीय सरकारले सिमानामा रोक्नु, समयमा निर्णय लिन नस्क्नाले कोरोना संक्रमणको जोखिम बढेर गएको बताउनु भयो । उहाँले भन्नु भयो अहिले जति पनि समस्या आईरहेको छ भारतबाट असुरक्षित यात्रा गरेर नेपाल आउन खोज्ने नागरिक, त्यसमा सिमामा असुरक्षित रुपमा बसालिनु नै नेपालमा कोरोना संक्रमति बढ्नुको कारण हो ।
प्रदेश ५ भित्र भारतबाट नेपाल आउन खोज्ने नेपालीहरुको संन्द्भमा संघीय सरकारले आफुले नभई प्रदेश सरकारलाई जिम्मा दिनु पर्ने बताउनु भयो ।

उहाँले भारतबाट नेपाल आउने नेपाली संख्या बढ्दै गएकोले सो को ठूलो भार सिमाना संग सटेको पालिकालाई परको भन्दै सो को व्यवस्थापन प्रदेश सरकारले अन्य पालिकाहरुसंग समन्वय गरेर गर्न सक्ने बताउनु भयो । प्रदेश ५ मा भएका १०९ वटा पालिकाहरु मध्ये सबै पालिकामा क्वारेन्टाइन निमार्ण भएको र क्वारेन्टाईन व्यवस्थापन गर्न त्यसै अनुसार खर्च लाग्ने भएकोले एउटा पालिकामा धेरै व्याक्तिहरु क्वारेन्टाईनमा भए अर्को पालिकाले व्यवस्थापन गर्नु पर्ने सो का लागि प्रदेश सरकारले समन्वय गर्ने बताउनु भयो । उहाँले भन्नु भयो संघीय सरकारले लाखौ लाख नेपालीहरु स्वदेशमा फिर्ता आउछन् भनेर सिमानामा रोक्ने निर्णय गरेको होला तर दुःखः परेका बेला आफ्नो मातृभूमी आउछु भन्नेलाई रोक्नु जति अमानविय कृयाकलाप अरु केही नहुने उहाँले बताउनु भयो ।
संघीयताको कार्यान्वयनको सवालमा प्रदेश ५ सरकारको भूमिकाको विषयको सवालमा जवाफ दिदै उहाँले भन्नु भयो प्रदेश २ को सरकारले जस्तो प्रदेश ५ को सरकारले संघीय सरकारसंग देखिने गरि टसल नगरेता पनि प्रदेश ५ को सरकारले आफ्नो आफ्नो अधिकारको बारेमा संघीय सरकार संग छलफल गरिरहेको बताउनु भयो ।
कोरोनाको महामारीको समयमा संघीय सरकारले धेरै जिम्मेवारी प्रदेश सरकारलाई दिएर आफुले अन्तराष्ट्रिय मामिला, सिमानाको मामिला, श्रोतको व्यवस्थापन, सुरक्षा सामाग्रिहरु र स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापन गर्न थालेको भए धेरै प्रभावकारी रुपमा प्रदेश ५ को सरकारले यो महामारीलाई यस प्रदेशमा व्यवस्थापन गर्न सक्ने कुरामा उहाँले जोड दिनु भयो । उहाँले भन्नु भयो आन्तरिक प्रदेशको जिम्मा प्रदेशलाई दिनु पर्छ र मात्र प्रदेश सरकारको आचित्य पुष्टि हुन्छ, संघले धेरै जिम्मा लिने हो भने झन समस्या आउछ अहिलेको समस्या संघले सबै आफै संग थुर्पान खोज्दा समस्या बढेको उहाँले बताउनु भयो ।

संघीय सरकारको केन्द्रिकृत मानसिकता परिवर्तन नुहदा समस्या संघीयता अर्थ नहुने बताउदै संघीयता प्रभावकारी पनि हुन नसक्ने उहाँको तर्क थियो । कोरोना महामारीलाई रोक्न संघीय सरकारले परिक्षण बढाउनु पर्ने, प्रदेश सरकारले समन्वय गर्नु, स्थानिय सरकारले व्यवस्थापन गरे मात्र समस्याको समाधान हुने उहाँले बताउनु भयो ।
उहाँले सरकारले अवस्था मुल्याकंन नगरि सबै सरकारलाई एउटै डालोमा राखेर निर्णय गर्दा देशको आर्थिक अवस्था कमजोर रहेको बताउदै उहाँले बिभिन्न आयोजना हरु रोकेर मजदुरलाई १५ दिन सम्ममा मेसमा खाना खुवाइ संगै राखियो काम गराईएन अन्त्यमा मजदुरहरु सडक निस्केर घर जान बाध्य भए यसरी सबै योजनाहरुको काम बन्द गर्ने निर्णय जुन थियो त्यो नै गलत भएको उहाँले बताउनु भयो ।
सरकारले गलत क्षेत्रमा उर्जा खर्च गरेको भन्दै कोरोना देशमा उत्पादन नभई बिदेशबाट नै आएको हुंदा सिमाना उर्जा खर्च गरे पहाडी जिल्ला र स्थानिय सरकारहरुले उपभोक्ता समितिले गाउँ स्तरमा गर्ने कामहरु गर्न दिएरे पूँजीगत खर्च बढाएको भए अर्थ व्यवस्था पनि चलायमान हुने थियो भन्दै, सोलुखुम्बु, लमजुगं लगायतका आयोजनामा काम रोकियो यति सरकारले काम नरोकेको भए सडकमा मजदुरको लाम देखा पर्ने थिएन । उहाँले भन्नु भयो काम गर्दा कोरोना आउने र संगै बसेर खाना खादा कोरोना नआउने हुदैन् भन्दै बिभिन्न देश हरुले लक डाउन खोले, स्वरुप परिवर्तन गरे नेपालले पनि गर्नु पर्ने उहाँको तर्क थियो ।
चिनले लकडाउन सिकायो तर उस्ले लकडा उन के गर्यो हामीले के गर्यो त्यो मुल्याकंन गर्ने समय भएको बताउदै अव लकडाउनको बारेमा सोच्नु पर्ने बेला आएको बताउदै अव नेपालीहरुले लक डाउनको खोलेर कोरोना मैत्री वातारवरणमा काम गर्न सिक्नु पर्ने बताउनु भयो ।

भिडियाे सहित ।

https://www.facebook.com/officialujyaalopost/videos/275200120279730

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation