कपिलवस्तु अस्पतालका ६ डाक्टर सहीत ८८ जनाको रिपार्ट नेगेटिभ,


कपिलवस्तु अस्पतालकी संक्रमित नर्ससंग नजिकमा रहेर काम गर्ने तौलिहवा अस्पत्तालका ६ जना डाक्टर र नर्सकोे परिवारको नतिजा नेगेटिभ आएको छ । पहिलो लटमा ७ जनाको परिक्षण गर्न पठाइएकोमा सबैको नतिजा नेगेटिभ आएको अस्पत्तालका निमित्र मेडिकल सुपरी टेण्डेन्ट डाक्टर किशोर क्षेत्रीले बताए । मेसुर डाक्टर किशोर बन्जाडे, पुर्ण बहादुर घर्ती, गणेश क्षेत्री पुनम लामा, नबिन सापकोटा, मणिराज नयौपानेको रिपार्ट नेगेटिभ आएको हो । बिहीवार ७ र शुक्रवार १ सय ४ जनाको स्बाव संककल गरी पठाइैएको थियो । संक्रमित नर्सका बुवा आमा सहीत ६ मध्ये ५ जनाको रिपार्ट पनि नगेटिभ आएको डाक्टर क्षेत्रीले बताए । अस्पतालममा कार्यरत नौ जना डाक्टर मध्ये ६ जनाको रिपार्ट आएको हो । १ सय ११ मध्ये ८८ जनको रिपार्ट आईसकेको र बाकी २३ जनाको आउन बाकी छ । प्रदेश जन स्वास्थय प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणले सो रपार्ट देखाएको हो । सोमवार सम्म सबेैको रिपार्ट आउने उनले बताए । नर्स केोरोना संक्रमित भए पछि गत शुक्रवार दखि अस्पतालमा आकस्मिक र प्रसुति सेवा बाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कर्मचारीहरुको रिपाटका आधारर्मा अस्पतालको सरसफाई गरिए पछि सेवा सुरु गरिने डाक्टर क्षेत्रीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation