यसाेधरामा ४५ जना क्वारेन्टाईनबाट भागेपछि कपिलवस्तुमा त्रास

जेष्ठ ४ ताैलिहवा,

कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिका वडा नम्बर ८ को दुई छुट्टाछुट्टै क्वारेन्टाईनका करिब ४५ जनाको संख्यामा रहेका मानिसहरु भागेका छन । संक्रमित गाउँका व्यक्तिहरु क्वारेन्टाइनबाट भाागेपछि कपिलवस्तुमा त्रास फैलिएको छ । तीनदिन देखि मानिस भाग्दा समेत स्थानीय प्रशासनले ति व्यक्तिको खोजी नगरेको स्थानीयहरु बताउँछन् ।

भारत र अन्यत्रबाट आएका सबै जनालाई क्वारेन्टाईनमा नराखेको भन्दै क्वारेन्टाईनमा रहेका व्यक्तिहरु शुक्रबार र शनिबार राती क्वारेन्टाईन छोडेर भागेको खुल्न आएको छ । कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिकामा हालसम्म १२ कोभिड १९ रोगका संक्रमित फेला परेका छन । सो मध्ये सबै भन्दा बढि संक्रमित वडा नम्बर ८ कै पाँच जना छन ।

शुक्रबार राती वडा नम्बर ८ को खोरिया स्थित सरस्वती प्राबिमा निर्मित क्वारेन्टाईनका ३० जना बढि र शनिबार सोही वडाको राष्ट्रिय निमाबि सिहोखोरका थप १५ जना समेत क्वारेन्टाईन छोडेर भागेको वडा अध्यक्ष सहाबुद्दिन मुसलमानले बुटवल टुडेलाई जानकारी दिए । हालसम्म फेला परेका संक्रमित सबै खोरिया गाँउकै हुन । “केहि व्यक्तिले गाँउका अरु व्यक्ति क्वारेन्टाईनमा बसेनन ।

हामी किन बस्ने भन्दै अस्ती र हिजो क्वारेन्टाईनबाट भागे । ” वडा अध्यक्ष मुसलमानले भने । यस अघि भारतको मुम्बईबाट आएर दुई दिन बसेका व्यक्तिलाई सुरक्षकर्मीले क्वारेन्टाईन पुर्याई परिक्षण गर्ने क्रममा खोरिया गाँउका ति स्थानियहरुको कोरोना पोजेटिभ देखिएको थियो । त्यसै त बिगतमा भेटिएका संक्रमितहरु दुई दिन बस्दा संक्रमणको जोखिम बढि देखिन आएको थियो भने क्वारेन्टाईनका मानिस गाँउ पसे पछि स्थानियमा त्रास बढेको छ ।

पहिल्यै गाँउ नै शिल गर्नु पर्नेमा अवस्थाको खोरिया गाँउमा क्वारेन्टाईनका व्यक्ति भागेर पुनः घरमा फर्किदा समेत हालसम्म गाँउ शिल हुन नसक्नुले सुरक्षा निकायको चरम लापरवाही भएको स्थानियको आरोप छ । “संक्रमण भेटिएकै गाँउका व्यक्ति क्वारेन्टाईनबाट भागेर आएको दुई तिन दिन हुदाँ सम्म गाँउ शिल गर्ने र उनीहरुलाई नियन्त्रण लिने कार्य हुन सकेन । यस्ले त नरसंहार नै निम्त्याउने भयो ।” एक नागरिक अगुवाले बुटवल टुडेलाई भने ।

यशोधरा गाँउपालिकाको वडा नम्बर ८ को क्वारेन्टाईनमा राखिएका केहि व्यक्ति क्वारेन्टाईन छोडेर भागेको यशोधरा गाँउपालिकाका स्वास्थ्य शाखाका संयोजक ज्योती प्रकाश दुबेले जानकारी दिए । “घटना बारे जानकारी पाए सगै मैले तत्कालै गाँउपालिका अध्यक्षलाई जानकारी दिए । वहाँले प्रशासनलाई खबर गर्नु भयो ।” स्वास्थ्य संयोजक दुबेले भने । क्वारेन्टाईनमा रहेका व्यक्तिहरु भागेको जानकारी हुना साथ आफुले शुक्रबार नै प्रमुख जिल्ला अधिकारीलाई घटना बारे जानकारी दिएको यशोधरा गाँउपालिकाका अध्यक्ष गृजेश कुमार पाण्डेयले दाबी गरे । “क्वारेन्टाईनबाट भागेकालाई हामीले ल्याउन सक्ने अवस्था थिएन ।

घटना पछि प्रजिअलाई गाँउ शिल गरिदिन र सुरक्षाकर्मी खटाईदिन अनुरोध गरेको थिए । तर हाल सम्म सुरक्षाकर्मी खटिएका छैनन ।” उनले टुडेकर्मीलाई गुनासो गरे । गाँउ शिल हुन नसक्दा संक्रमण बढन सक्ने भन्दै अध्यक्ष पाण्डेयले चिन्ता व्यक्त गरे । सो बिषयमा बुझदाँ कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले आफुलाई गाँउपालिका अध्यक्षले हिजो मात्रै घटना बारे जानकारी दिएको र सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरि क्वारेन्टाईनबाट भागेकालाई नियन्त्रणमा लिईने बताए ।

बुटवलटुडेबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation