मेयर साप भन्नुहुन्छ: ससुराली आए हो, भिडियाे सहित

जेठ ५ तौलिहवा
मेयर साप भन्छन् मच्छर झुल, टिभी, पंखाको राख्न दिनको लागि ससुराल आए हो का । यो भनाई हो कपिलवस्तु नगरपालिका वार्ड ७ काे धर्मपनियाको राष्ट्रिय जनहित माध्यमिक बिद्यालयकाे क्वारेन्टाईनमा ७ दिन देखी बसेका अजय गिरीको, क्वारेन्टाइनमा न्यूनतम पनि सेवा सुबिधा नभए आफ्ना नगर प्रमुख, नगरका रखवालालाई फोन गरेर समान्य वेवस्था मिलाई अनुरोध गर्दा नगर प्रमुखले यस्तो बचन लाए पछि दुःखी भएका उन्ले भने । “भारतको गुजरातमा काम गर्न गएको त्यता काम धन्दा बन्द भए पछि जसोतसो दशगजा पुगियो दश गजामा १ दिन दुःख पाएर नेपाल छिरियो अवतः अल्लि सुखले बस्न पाएला भनेको यस्तो क्वारेन्टाइनमा राखियो जहाँ रात भरि मच्छेडले टोक्छन, दिन भरि गर्मी हुन्छ नतः पंखा, न मच्छड दानी सो विषयमा वडा अध्यक्षले केही वेवस्था गर्न नसक्ने बताए पछि नगर प्रमुखलाई फोन गर्दा नगर प्रमुखले ससुराल आए हो का सब, मच्छर दानी, टिभी, पंखा, मिली” उनले भने हामीलाई टिभी चाहेको होइन तर कमसेकम सुरक्षित बस्ने बेवस्थात हुनु पर्यो ।


कपिलवस्तु नगरपालिका वार्ड नं. ७ मा मात्रै ४ वटा क्वारेनटाई संचालमा रहेको वर्डा अध्यक्ष धर्मात्मामणी त्रिपाठिले बताउनु भयो । चार वटा क्वारेनटाईनमा १ सय २५ जना भन्दा धेरै छन् वडालाई नगरपालिकाले क्वारेन्टाईन वेवस्थापन गर्न भनेर मात्रै ३० हजार बजेट दिएको छ त्यसबाट जे सक्छु मैले गरेको छु उहाँले भन्नु भयो ।
भारतको बिभिन्न स्थानबाट आएका ४० जना राखिएको उक्त बिद्यालयको क्वारेनटाईनमा एउटा शौचालय, खानेपानीको लागि एउटा मात्रै धारो रहेको छ ।
महिलाहरुको लागि कुनै फरक वेवस्था नर्गदा क्वारेन्टाईनमा रहेका ३ जना महिलाहरुलाई शौचालय, सरसफाई लगायतमा समस्या परेको महिलाको गुनासो छ । एक महिलाले भन्नु हुन्छ यति धेरै पुरुषहरु छन् हामीलाई शौचालय जान, नुहाउन कति समस्या छ । यो भन्दा राम्रो घरमै गएर छुट्टै कोठामा बस्ने थियौ । घरका मानिसहरुलाई यहाँ खाना, पानी दिन आईरहन पनि समस्या छ । यहाँ एक कम चिया पनि पाईदैन् ।
क्वारेन्टाईनमा बसेका शेर बहादुर चौधरीलाई भय यहाँ सबैले एउर्टै शौचालय र धारो प्रयोग गर्नु परेको छ, सेनिटाईजर लगायतका कुनै सामाग्री छैन् यदि यस मध्ये कसैलाई पनि कोराना छ भने हामीलाई पनि हुन्छ, कोरोना नभए मच्छेडले टोकेर, फोहोरोमा बसेर अरु कुनै रोग लाग्छ ।
क्वारेन्टाइन बसेका भन्छन जसरी त्यसरी घरकाले ल्याएर खाना खुवाएर बचाएका छन् तर घरकालाई गाउँका मानिहरुले क्वारेन्टाइनमै आएका कारणले हेयको दृष्ट्रिकोणले हेर्ने थालेका छन् । उनिहरुको प्रश्न छ के हामीहरु अपराध गरेर आएका हौ र ?
कपिलवस्तु नगरपालिकाका बिभिन्न क्वारेनाईनहरुमा अहिले ९ भन्दा धेरै व्याक्तिहरु रहेको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंह बताउनु हुन्छ? उहाँ भन्नु हुन्छ, हामीले केही दिन सम्म क्वारेन्टाइनम खाने वेवस्था मिलाएका थियौ तर अहिले समस्या परेको छ, कुनै कुनैमा खुवाई रहेको छौ होइन भने सबैले घरबाट ल्याएर खाने गरेका छन् । सरकारले १५ लाख रुपैया तिर चुप्प लागेर बसेको छ, नत बजेट रकामान्तर गर्ने अधिकार दिन्छ, न त कुनै निर्देशन, केही केही क्वारेन्टाइनहरुमा समस्या होला त्यो समाधान हुन्छ । उहाँ भन्नु हुन्छ क्वारेन्टाईको जिल्लाका सबै सांसद, प्रदेश संदद, प्रदेशका सामाजिक विकास मन्त्रीलाई पटक पटक समस्याको बारेमा जानकारी गराउदा उनिहरुले कुनै जवाफ दिदैनन् ।
संघीय सरकार र प्रदेश सरकार गैर जिम्मेवार हुंदा स्थानिय सरकारलाई वेवस्थापन गर्न समस्या परेको छ । जिल्ला प्रशासन कार्यालयलाई पटक पटक भन्दा कुनै कुनै क्वारेन्टाइनमा एक जना प्रहरी पनि दिईएको छैन् । जनता स्थानिय सरकार प्रति आक्रोसित छन् तर हाम्रो हात बाधिएको छ ।

विषयमा वडा अध्यक्षले केही वेवस्था गर्न नसक्ने बताए पछि नगर प्रमुखलाई फोन गर्दा नगर प्रमुखले ससुराल आए हो का सब, मच्छर दानी, टिभी, पंखा, मिली” उनले भने हामीलाई टिभी चाहेको होइन तर कमसेकम सुरक्षित बस्ने बेवस्थात हुनु पर्यो ।

क्वारेन्टाइनकाे अवस्थाबारे स्थलगत कुराकानी

Posted by Ujyaalo Post on Monday, 18 May 2020

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation