मायादेवीमा ४ जना थप, कपिलवस्तुमा संक्रमितको संख्या ४७


कपिलवस्तुको मायादेवी गाउँपालिकामा मंगलवार बिहान ४ जनामा थप कोरोना पोजिटिभ देखिएको छ ।

यस संगै मायादेवी गाउँपालिकामा संक्रमितको संख्या ८ जना पुगेको छ । आईतबार मायादेवी गाउँपालिका वडा नं. ४ सानोगौरामा रहेको जनता प्रा.वि.को क्वारेन्टाईनमा रहेका १६ जना मध्ये आ.डि.टी रिपोर्टमा ३ जनामा पोजिटिभ देखिए पछि पिसिआरको लागि स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्टमा ३ जनामै पोजिटिभ देखिएको छ । भने अर्का १ मायादेवी गाउापालिका वडा नं. ३ का २० बार्षिय युवामा पनि पोजिटिभ देखिएको छ । उनको पनि आ.डि.टी रिपोर्ट पोजिटिभ आए पछि पिसिआर टेस्ट गरिएको थियो । त्यसमा पनि पोजिटिभ आए संगै मायादेवीमा मंगलवार ४ जना र त्यो भन्दा पहिले ४ जनामा कोरोना पोजिटिभ देखिएको थियो । संक्रमित सबै १४ दिन अगाडी भारतको मुम्बई देखि आएका थिए । कपिलवस्तुमा अहिले कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।
कपिलवस्तु जिल्लाको यशोधरा गाउपालिकामा १२ जना , कपिलवस्तु नगरपालिकामा ९, कृष्णनगर नगरपालिकामा ८, वुद्धभुमी नगरपालिकामा ४, मायादेवी गाउपालिकामा ८, शिवराज नगरपालिकामा ३ जना, वाणगंगा नगरपालिकामा १ र विजयनगर गाउ पालिकामा १ जना कोरोना संक्रमण भएका छन । यसै गरी जिल्लामा ४ जना सुरक्षा कर्मी , १ जना स्टाफ नर्स , २ जना कर्मचारी र १ जना ६ वर्षिय बालिका संक्रमण भएको हो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation