थप २७ जना सहित नेपालमा कोरोना संक्रमितकाे संख्या ४०२

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।  थपिएका २७ जनासँगै नेपालमा कोरोना संक्रमितको ४०२ संख्या पुगेको छ ।  मंगलबार  झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाहीका २, काठमाडौंका ३, भक्तपुरका १, ललितपुरका १, मकवानपुरका १, रामेछापका १, कपिलबस्तुका ४, लमजुङका १, सिन्धुलीका १ र नवलपरासीको १ जना गरी २७ संक्रमित पुष्टि भएको उनले बताए ।

कपिलवस्तु ४ मध्ये मायादेवी गाउँपालिकाका रहेका छन् ।  मायादेवीमा ४ जना थप, कपिलवस्तुमा संक्रमितको संख्या ४७, https://ujyaalopost.com/news/3211/

संक्रमितहरु १७ देखि ४२ वर्ष उमेर समूहका छन् । संक्रमितमा २४ पुरुष र ३ महिला रहेका छन् । योसँगै कोरोना संक्रमण ३८ जिल्लामा फैलिएको छ।  यसैबीच झापाका ६२ वर्षीय कोरोना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ भने २ जना काेराेना  संक्रमितकाे मृत्यु भएकाे छ ।


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation