कपिलवस्तुमा १२ सहित थप १३ जनामा काेराेना संक्रमण

७ जेठ, काठमाडौं । बुधबार र कपिलवस्तुमा १२ र रुपन्देहीमा १ सहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवा स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कपिलवस्तुमा १२ र रुपन्देही १ गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

प्रयोगशाला स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्‍ति हुन् ।

याे स‌गै कपिलवस्तुमा काेराेना संक्रमितकाे संख्या ५९ पुगेकाे छ भने केही दिन अघी मात्र काेराेना पाेजेटिभ देखिएकी अस्पतालका एक कर्मचारीकाे पछिल्लाे प्रतिवेदन नेगेटिभ अाएकाे छ ।

स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी दिइसकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation