तौलिहवा, ७ जेठ,
बसन्त बन्जाडे
जिल्ला सिल की हाट बजार सुरु सिडिओ साप कहाँ चुक्यो हामी ?
कोभिड १९ कोरोना भाईरस विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । नेपालमा कोरोना संक्रमितहरु संख्या बढ्दै गईरहेको छ । कोराना रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले जारी गरेको लडडाउनको आज ५८ औं दिन हो । कपिलवस्तु जिल्लामा पनि कोरोना संक्रमित बढेसंगै गत बैशाख २९ गतेदेखि कपिलवस्तु जिल्ला सिल गरिएको छ ।
पहिलो चरणमा जेठ ५ गते सम्मलाई गरिएको सिल चोश्रो चरणमा बढाएर कपिलवस्तु स्थानिय प्रशासनले जेठ २० गतेसम्म बनाएको छ । यसैलाई आधार मान्ने हो भने करिव एक महिना कपिलवस्तुबासीहरु पुर्ण रुपमा सिलमा बस्नु पर्ने अवस्था छ ।
तर आज बुधबार जिल्लासदरमुकाम तौलिहवाको अवस्था हेर्ने हो भने हाट बजारको जस्तै थियो । मानिसहरु गाउँगाउँबाट बजार गर्न आएका थिए । अर्को तर्फ बैंक तथा वृत्तिय संस्थाहरुमा जनताको भिड थियो । बिहान सात बजेदेखी सुरु भएको भिड अहिले सम्म पनि छ ।
यसरी हेर्ने हो भने जिल्ला सिल नै छैन र जिल्लामा सिलको कुनै प्रभाव नै छैन । कपिलवस्तु जिल्लामा ४७ जना कोरोना भाइरसका संक्रमित फेला परेसँगै जिल्लालाई कोरोना भाइरस उच्च संक्रमणको सूचीमा राखिएको छ ।
पहिलो चरणमा भन्दा दोश्रो चरणमा झन कडा पारिएको सिलको प्रभाव आज बुधबार बजारमा देखियो, हप्तामा ३ दिन सोमबार, बुधबार र शनिबार मात्र बिहान ७ देखी ९ बजे सम्म अत्यावश्यक सामान खरिद बिक्रीको लागि मात्र बजार संचालन गर्न पाउने गरि प्रशासनले जिल्ला सिल गरेको छ । तर कोरोना महामारी र जिल्ला सिलको प्रवाह नगरी बैकं तथा वित्तीय संस्थामा जम्मा भएका नागरिकहरुले भने सामान्य औषधी उपचारको लागि नगद नभएको, बिदेश बाट छोरा र श्रीमानले पठाएको पैसा लिनको लागि हप्तौ देखी धाउदा नपाएकोले छार्क नार्ट मुस्किल भए पछी रोगले भन्दा भोकले गलाउन थाले पछि बाध्य भएर सदरमुकाम आएको बताउछन् ।
बुधबार तौलिहवाका वित्तीय संस्थाहरुमा देखिएको भिडभाडको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने यसो भन्नु हुन्छ– सामाजिक दुरी कायम गराउने जिम्मा सम्बन्धित वित्तीय संस्थाको हो । आज बिहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म वित्तिय संस्था खोलिएको छ । यो रोग सबैलाई लाग्ने हुँदा सबै सचेत हुन आवश्यक रहेकोे बताउँदै प्रमुख जिल्ला अधिकारी पौडेलले ज्यान बाँचे मात्र अरु रहने उहाँको तर्क थियो ? त्यसैले जो जुन ठाउँमा छौ त्यही ठाउँबाट सबैले सहयोग गर्न र सम्झाउन उहाँले विशेष आग्रह गर्नुभयो ।
तर बित्तीय संस्थाहरु कसरी संचालन गर्ने भन्ने सम्बन्धमा कुनै पनि छलफल नभएको तौलिहवा उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष संतोष कसौधन बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ आज रेमिटान्स लिन मात्र ५ सय भन्दा धेरै नागरिकहरु आएका छन् तर रेमिटान्सले १ बैंक बन्द हुंदा रकम उपलब्ध गराउन सक्दैनौ तर मानिसहरुको भिडभाड बढेको बढै छ । प्रशासन जिल्ला सिल गर्ने निर्णय गर्दा सबै पक्ष संग समन्वय नगरेकोमा उहाँले गुनासो गर्नु भयो । बैंक तथा बृत्तिय संस्था पनि अति आवश्यक भित्र पर्छ तर यो कसरी संचालन गर्ने भन्ने छलफल नै गरिएन ।
जिल्ला सिल गर्ने की निश्चित क्षेत्रहरु सिल गर्ने भन्ने सम्बन्धमा प्रशासन चुकेको अधिकारकर्मी रविन्द्रनाथ ठाकुरको ठहर छ।
यसै गरि आज बजारका कपडा किराना पसल, कपडा पसल देखी लिएर फेन्सी स्टोहरुमा पनि ठूलो भिड भाड देखिएको छ यस्ले कपिलवस्तु बासीमा भने ठूलो चिन्ता बढाएको छ ।
यसैबीच, कपिलवस्तुमा कृषिकार्य र अत्याबश्यक उत्पादन मुखी उद्योगका कामहरु सामाजिक दुरी कायम गरेर जारी राख्ने निर्णय गरिएको छ । यसैगरी बन्द रहेका उद्योगहरु मजदुरको आवत जावत नहुने गरी संचालन गर्ने र वित्तिय सस्थाहरु समय तेकेर खोल्ने ब्यबस्था मिलाउन प्रदेश ५ का सांसदहरुले निर्णय गरी सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेललाई भेटेरै यस्तो जानकारी दिएका थिए । सांसदहरुले गरेको निर्णय अनुसारको वाताबरण तत्काल मिलाउन प्रजिअलाई आग्रह गरेका छन् । यस्तै पहिलो चरणमा राजमार्गमा जोडिएका नगरपालिकाहरुमा विकास निर्माणका काम क्रमश सुचारु गर्ने विषयमा उनीहरुले निर्णय गरेका छन् । नदीवाट ढुवानी गर्ने काम भने कडा रुपमा रोक लगाउने सांसदहरुले निर्णय गरेका छन् । पालिकाहरुले निश्चित विकासका योजनाहरु छानेर भीडभाड नहुने गरी विकासका काम गर्ने वाताबरण मिलाउन आग्रह समेत गरेको प्रदेश ५का सांसद बिष्णु पन्थीले बताउनु भयो ।
कपिलवस्तुका जन निर्वा्चित ६ जना र समानुपातिक ६ जना सांसद गरी १२ मध्ये ८ जना सांसदको उपस्थितीमा मंगलबार सम्पन्न बैठकले गरेका निर्णय कार्यान्वयनमा आएमा विकास निर्माणका केहि कामहरु सूचारु हुन सक्छन् प्रदेश सांसद दिर्घ नारायण पाण्डेले वताउनुभयो । कपिलवस्तुको चिन्ता एकजना सिडियोको मात्र होइन हामी जनप्रतिनिधीको पनि हो भन्दै जिल्ला सील भएको प्रति असहमति छैन तर विस्तारै कोरोना विरुद्ध लड्ने र गर्न मिल्ने काम विस्तारै गर्दै जाऔं भन्ने हाम्रो आग्रह होे प्रदेश सांसद अर्जुन केसीले वताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले प्रदेश सांसदहरुले केहि खुकुलो वाताबरणको कुरा गर्नु भएको छ तर अहिले त्यस्तो परिस्थती तयार भएको छैन भनेर जानकारी दिएको छु, भन्दै उहाहरुको चासोलाई बाताबरण अनुकुल हुदा सोच्न सकिन्छ प्रजिअले भन्नु भयो । जनप्रतिनिधीहरुले गरेका कुरा सहि हुनसक्छन् तर जिल्ला सील भएको अवस्थामा कार्यान्वयनमा लैजाने गरी प्रशासनले निर्णय गरेको छैन उहाँले भन्नु भयो ।
तर जिल्लाका नागरिक समाजका अगुवा र जन प्रतिनिधीहरुले जिल्ला सिलको मोडालिटी परिवर्तन हुनु पर्ने बताएका छन् । यस विषयमा पनि केही सोच्नेकी ? फोटो : दिलिप , बसन्त , अजय



