अपडेट कपिलवस्तु: महराजगंजमा पनि कोरोना संक्रमित, दश पालिकामा ५९ संक्रमित

कपिलवस्तुको महराजगंज नगरपालिकामा पनि कोरोना संक्रमित भेटिएका छन । महराजगंजको सिसवा स्वास्थय चौकीमा स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरेर भैरहवा स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको लागि पठाईएको थियो । रिपोर्ट आउदा कपिलवस्तुमा आज मात्रै १२ जनामा थप कोरोना संक्रमित भेटिएका छन ।

यस सगैं कपिलवस्तुमा कोरोना संक्रमतिको संख्या ५९ पुगेको छ । कपिलवस्तुको महाराजगंज नगरपालिकामा पहिलो पटक ९ जना संक्रमित देखिएका छन । ३जना विजयनगर गाउँपालिकाको रहेका छन । आज भेटिएका १२ जना महराजगंजको ९ जना र विजयनगर गाउँपालिकाको ३ जना रहेका छन । विजयनगरको जुटपानीको क्वारेन्टाईनमा थिए । भेटिएका सबै भारत देखि आएका व्यक्तिहरु हुन । उनी सबै जना क्वारेन्टाईमा बसेका थिए । उनीहरुको अवस्था समन्य रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

कपिलवस्तु जिल्लाको यशोधरा गाउपालिकामा १२ जना , कपिलवस्तु नगरपालिकामा ९, कृष्णनगर नगरपालिकामा ८, वुद्धभुमी नगरपालिकामा ४, मायादेवी गाउपालिकामा ८, शिवराज नगरपालिकामा ३ जना, वाणगंगा नगरपालिकामा १ र विजयनगर गाउपालिकामा ४ जना , महराजगंज नगरपालिकामा ९ जना कोरोना संक्रमण भएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation