आईसोलसनको वेवस्था नहुंदा ४ बालबालिका सहित ८ संक्रमितको बिचल्ली


कपिलवस्तु ८ जेठ । कपिलवस्तुको महाराजगंज नगरपालिकाका कोरोना संक्रमित ४ बालबालिका सहित ८ जनाको विचल्ली भएको छ । उनीहरुले थप उपचारका लागी अस्पताल नपुराउदा समस्या भोग्नु परेको छ । महाराजगंज नगरपालिका वडा न ९ का ८ जना कोडिभ १९ भएका अझै क्वारेन्टाईनमै रहेका छन । उनीहरुलाइ एक कोठामा अलग्याई राखिएको छ । जहा ४ जना बालबालिका समेत रहेका छन । उनीहरु महाराजगंज नगरपालिकाको वार्ड ९ तेनुवागाउको एक मदरसामा वसेका छन ।
ति बालबालिका मध्ये २ जनाको आमा संक्रमित रहेका छन । दुई बालिकाका आमा संगै छन । २ जना बाल बालिकाका अभिभावक संक्रमित छैनन । उनीहरुलाई धेरै समस्या परेको छ । उनीहरुको हेरविचारमा गर्न गाह्रो समस्या भएको छ । कोठा भित्र छन बाहिर निस्किन पाउदैनन । उनीहरुकाे राम्रो संग खाना र बस्न प्रबन्ध छैन्, खाना आफ्ना घरका मानिसले ल्याउछन । नियमित स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य कर्मि समेत छैनन । सुरक्षाकर्मी समय समयमा आउछन ।
कोरोना संक्रमित भएका र क्वारेन्टाईनमा बस्ने एउटै नलबाटको पानी खानु पर्छ । उनीहरुलाई मास्क सेनिटाईजर, सावुन पानी केहीको पनी व्यवस्थापन नभएको उनिहरुको गुनासो छ ।
संक्रमितहरुको घरको मानिसले खाना पुराइएर खुवाई रहेको उनिहरुले बताए । जस्ले कोरोना संक्रमण समुदायमा फैलिन सक्ने जोखिम उच्च देखिएको छ । नगरपालिकाका जन प्रतिनिधी र सरोकारवाला पनि अवस्था बुझ्न नपुगेको उनिहरुको गुनासो रहेको छ । स्थानियहरुका अनुसार अहिले पनि उनिहरुलाई समुदाय कुरेर बसेको अवस्था छ ।

प्रजिअ भन्नु हुन्छः आईसुलेशनको अर्थ बुझिएन्, पूर्व तैयारी नै थिएन् प्रदेश सभा सदस्य एंव सामाजिक विकास समिति सभापती पाण्डे, स्थानिय प्रशासनबाट समयमै जानकारी दिइएन: नगर प्रमुख कलाम

तिन तहमै बिच जिम्मेवारी र समन्वयको अभाव अधिकारकर्मी :ठाकुर


नगर प्रमुख अब्दु कलाम खाँका अनुसार उनिहरुलाई छुट्टै कोठामा राखिएको छ तर जिल्ला प्रशासन कार्यालयमा पटक पटक उनिहरुको व्यवस्थापनको बारेमा सम्पर्क गर्दा बेवस्था हुदै भन्ने मात्र जानकारी आएको छ । तर साझ मात्र कतै पनि आईसुलेशन बेड खाली छैन् त्यतै वेवस्था गर्नु भन्ने जानकारी आए पछी आफुहरुले बुधबार साझँनै नगरपालिका भित्र क्वारेन्टाईन बनाउन खालि रहेको बिद्यालय जानकी उच्च माविलाई आईसुलेसन केन्द्र बनाउन पहल गरेको तर स्थानियका विवादका कारण आज पनि उक्त केन्द्र स्थापना गर्न नसकिएको भोली बिहान सम्म उनिहरुलाई जानकी माविमा बन्ने केन्द्रमा ल्याईने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पाण्डेका अनुसार संक्रमित सबैलाई अलग राखिएको तर उनिहरुमा कुनै सिमटम नदेखिएकोले बाहिर पठाईएको छैन् । आईसेलेसन बनाएर उनीहरुको व्यवस्थापन गरीने छ उहाँका अनुसार आईसुलेसन भन्नाले बिरामीलाई अलग राख्नु हो । तर बुझाई फरक भएकोले बाहिर नै पठाउनु पर्छ भन्ने बुझाई रहेको उहाँ बताउनु हुन्छ् । प्रमुख जिल्ला अधिकारीले लक्षण देखिए अस्पताल पठाउने र लक्षण नदेखिए सम्म स्थानिय तहमै व्यवस्थापन गर्ने गर्ने जानकारी दिनु भयो ।


कुनै कपनि कोरोना अस्पतालमा अब ठाउ नभएकोले उनिहरुको व्यवस्थापनमा समस्या परेको उक्त क्षेत्रका प्रदेश सभा सदस्य एंव प्रदेश ५ का सामाजिक विकास समितिका सदस्य दिर्घनारायाण पाण्डे बताउनु हुन्छ, उहाँ भन्नु हुन्छ पालिकाले पूर्व तैयारी गरेन् यो अर्को समस्या हो । तर भोली १२ बजे सम्म जानकारी माविको तेश्रो तल्लामा उनिहरुलाई वेवस्थापन गरिने तैयारी भएको छ ।
अहिले सम्म जानकी माविमा १ जना कोरोना संक्रमित ल्याईएको छ उनि वार्ड १ का नजिकै रहेका कारण उनलाई त्यहा ल्याईएको बुझिएको छ । बाँकिं ८ जना भने मदरशाकै क्वारेन्टाईनमै रहेका छन । भोली सम्ममा आईसोलेसन वार्ड तयार गरी ल्याउने महाराजगंज नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राधेश्याम कलवारले बताउनु भएको छ ।
बजार क्षेत्रबाट नजिक रहेको बिद्यालयमा संक्रमित राख्न लागेपछी स्थानियले बिरोध गरेका थिए । प्रहरीले पोष्ट राखी सुरक्षा दिने भएपछी अर्को व्यवस्था नहुदा सम्म संक्रमित राख्न स्थानिय तयार भएका थिए । कोरोना संक्रमितहरु मुम्वईको एक कवाड संकलन केन्द्रमा काम गर्ने गरेको स्थानियले बताए ।


यसै गरि मानव अधिकारकर्मी रविन्द्रनाथ ठाकुरले प्रदेश ५ का तराईका जिल्ला कपिलवस्तु, बाँके र रुपन्देही हेर्दा तिन तहको सरकार छ तर कहाँ छ भन्ने प्रश्न जनताले गर्न थालेको बताउनु हुन्छ । कोरोना संक्रमित व्याक्ति छुटिदा समेत छुट्टै वार्डमा सिफ्न गर्न नसक्नु दःख दायी हो । सरकारले सरकारी कर्मचारीहरुलाई राख्न होटललाई आईसुलेसको रुपमा प्रयोग गर्न सक्ने तर गरिव जनतालाई दुई दिन बित्न लाग्दा पनि कुनै वेवस्था नर्गने र २÷३ बर्षका बालबालिकालाई न्यूनतम आवश्यकता समेत नभएको क्वारेन्टाईन राखको प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको छ । तिन तहले आ आफ्नो जिम्मेवारी नबुझ्दा र समन्वयको अभावमा यो अवस्था सृजना भएको छ
प्रेसपाटीको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation