काेराेना अपडेट: थप २० जनामा कोरोना पुष्टि, यस संगै संक्रमितको संख्या ५०७

९ जेठ, काठमाडौं, नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम-१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । यस्तै मोरङको रतुवामाई- २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation