कपिलवस्तुमा प्रहरीको कुटाइबाट ३ जना घाइते

कपिलवस्तु जेठ ९-

प्रहरीको कुटाइबाट कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ३ डगडई गाउँमा एक परिवारका ३ जना घाइते भएका छन । डगडई गाउँमा सडकको विषयमा सामान्य विवाद हुदा इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालको नेतृत्व गएको टोलिले एक परिवारलाई कुटपिट गरेको छ ।

डगडईका सन्त प्रसाद यादव र जुम्मन धोबी(अनवर) विच विबाद हुदा प्रहरी पुगेपछि अनवर लगायत उनका परिवारलाई कुटपिट गरेको हो । प्रहरीको कुटाइबाट ३२ वर्षका जुम्मन धोबी(अनवर) उनको आमा ६५ बर्षकि रहिसुन निसा र श्रीमती बर्ष ३० कि मेहनाज खातुनलाई कुटपिटबाट घाइते भएका हुन । उनीहरुको बहादुरगंजमा रहेको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।

आज साझ एक्कासी प्रहरी पुगेर हाम्लाई मात्रै कुटपिट गरेको पीडितले आरोप लगाएका छन । ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपाल, प्रहरी चौकी जगदिशपुरका असई खेम बहादुर जिसि, प्रहरी जवान बलराम चौधरी र बेचे गुप्ताले उनिहरुलाई कुटाइ गरेको पिडित रहिसुन निसाले बताउनु भयो । पीडितका अनुसार सन्त प्रसाद यादवको भनाईमा प्रहरीले हामिलाई कुटपिट गरेको अरोप लगाएका छन ।

उक्त घाटनको जिल्लामा रहेका मानवअधिकारकर्मीले निन्दा गरेका छन । अदालतको मुद्दाको विषयमा प्रहरिले एकपक्ष कुटपिट गर्नु मानवअधिकार विरुद्ध भएको बताएका छन । घटनाको सत्यतथ्य पतालागाई दोषीलाई कार्वाही हुनु पर्न मानवअधिकारकर्मीले माग गरेका छन ।

यता ईलाका प्रहरी कार्यालय गणेशपुरका निरीक्षक मधु नेपालले झगड भएको खबर पछि त्यहा गएर एकजनालाई मात्रै सामान्य सम्झाई बुझाई गरि समस्य समाधान गरेको बताउनु भएको छ। नेपाले त्यहाका महिलालाई कसैलेपनी कुटपिट नगरेको बताउनु भयो । उहाले तराइमा यस्तो घटना हुनु सामान्य भएको भन्दै प्रहरीको बचाउ गर्नु भएको छ ।

त्यसै विजयनगर गाउपालिका वडा नं ३ अध्यक्ष बुद्धि आर्यालले प्रहरी यस्तो गलत कार्य गर्नु नहुने बताउनु भएको छ । घटना हुदा आफू कार्यापालिका वैठकमा गएकोले यस विषयमा भोलि सत्यतथ्य बुझ्ने बताउनु भयो ।

न्यूजसेन्टर नेपालबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation