वडा अध्यक्ष र पत्रकार सहित कपिलवस्तुमा थपिए ८ कोरोना संक्रमित

कपिलवस्तु, १० जेठ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना कोरोना संक्रमित थप भएका छन । स्वास्थय मन्त्रालयको विज्ञप्तीअनुसार ७ पुरुष र १ महिलामा कोरोना देखिएको छ ।

बाणगंगाका नगरपालिकाका एक वडाध्यक्ष र एक जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहानको तथ्याङ्क अनुसार वडाध्यक्ष र पत्रकारमा कोरोना संक्रमणको पुष्टि भएको हो । कपिलवस्तुमा आज संक्रमित फेला परेकामा बाणगंगा नगरपालिकाका ५ पुरुष र १ महिला गरि ६ जना तथा बुद्धभुमि नगरपालिकाका २ पुरुष छन । बाणगंगा नगरपालिकामा फेला परेका संक्रमित मध्य ४० बर्षिय पुरुष वडा अध्यक्ष र २७ बर्षिय महिला संचारकर्मी हुन । याे स‌गै कपिलवस्तुमा कोरोना संक्रमित ७७ पुगेकाे छ ।

   शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation