म किन विरोध गर्छु ?

१० जेष्ठ, कपिलवस्तु । 

मन रोएको छ, आफ्नै दाजु भाई रोएको हेर्दा सुन्दा😭😭😭
क्वारेन्टाइन को नाम मा खोर जस्तै छः, जिम्मेवारी को नाम म गैर जिम्मेवारी ब्यवाहार जस्तै व्यवहार गरिएको छ, जनता को अधिकार को नाममा नास्ता मात्रै दिने र खान किन दिन सकिएना के तपाईं सित रकम छैन ! छैन भने तपाईं आफू भन्दा माथि सरकार सित माग गर्नु भाएको अधिकारी प्रमाण छः

स्थानीय सरकार ले नीति नियम र कार्न्वयन गर्न अधिकार भाए त पनि आफ्नै नागरिक लाई किन यस्तो व्यवहार गरिदैछ एउटा सिंगो प्रश्न छः तपाईं जनप्रतिनिधि ज्यु हरु लाई एउटा गाउँपालिका/नगरपालिका को केही सिमित नागरिकको व्यवस्थापन गर्न सकिदैन भने कसरी तपाईं सम्पूर्ण नागरिक को नेतृत्व गर्न सक्नु हून्छ! यदि सक्नु भाएको छैन भने तपाईं असफल नेतृत्व हुनुहन्छ भन्ने बुझिन्छ!!!!

नेपालमा कोभिड–१९ को महामारी नदेखिए पनि आंशिक रुपमा मानिसहरु प्रभावित छन्। तर, महामारीको सन्त्रास एकपछि अर्को भयानक रुपमा बढिरहेको छ। स्थानीय सरकारका सुझबुझपूर्ण व्यवहारिक निर्णयको एक जना प्रशंसक म पनि हुँ। मुलूक अप्ठ्यारो परिस्थितिमा छ। यो ‘गौंडो कुरेर घाँटी अठ्याउने’ बेला किमार्थ होइन।जहाँ नियतको प्रश्न आउँछ, त्यहाँ प्रतिकूल परिस्थितिका नाममा छुट दिन सकिँदैन। यहाँ प्रश्न उठ्छ, उठाउनुपर्छ र सच्चाउन अन्तिमसम्म संघर्ष गर्नुपर्छ।

सरकारको आग्रह छ, ‘विपदका बेला मिलेर लडौं। छानविन र छलफल पछि गरौं।’ विपदका बेला मिलेर लड्न सरकारले गरेको अपील स्वागतयोग्य छ। तर, बहस र छानविन तजबिजमा राख्ने सरकारी प्रस्तावमा सहीछाप ठोक्न सकिन्छ ?समस्या जतिबेला आउँछ, समाधान पनि त्यतिबेलै गरि सक्नुपर्छ।

गलत नियत र मनसाय राख्नेहरुले भ्रष्टाचार गर्ने विपदकै बेलामा हो। सामाजिक सञ्जालमा ‘भूकम्पका बेला जग्गा किनियो, लकडाउनका बेला घर बनाइन्छ’ भन्ने खालका व्यङ्गहरु रोचक मात्र छैनन्, तथ्यपरक पनि छन्।

वैदिक सभ्यता र दर्शनको उर्भरभूमि मानिने कपिलवस्तु को मायादेवी सुद्दोधन यशोधरा लागायत ठाँउ हरु किन पछाडि पर्‍यो!

हामीले जनमतको निर्वाध प्रयोग गर्न थाल्यौं। जनमत त सम्झियौं। तर, शर्त सम्झिएनौं। पूर्वाधार विकासका क्षेत्रमा केही नमूनायोग्य पहलहरु पनि भए। हामी भ्रष्टाचारतिर किन लम्कियौं, कमिसनको चक्करमा किन लाग्यौं, कुत उठाएर भारदार पाल्ने आधुनिक राणाकालको अभ्यासतिर किन लाग्यौं ? के यी विषयहरु कसैको थाप्लोमा हाल्दिएर उम्किन मिल्ने खालका छन् ?

जीवन व्यवहारका क्रममा गल्ती हुन्छन्। तर स्थानीय सरकारले अञ्जानवश भएका गल्ती पनि स्वीकार्न तयार छैन। नियतवश गरिएका कूकर्महरु स्वीकारियोस् भन्ने हाम्रा याचना निरिह हुनु स्वाभाविक नै हो। असल शासक त्यो हो, जसले कमजोरीको दायरा घटाउँछ, कमजोरी भइहाले खुला दिलले स्वीकारेर नयाँ बाटोबाट अघि बढ्छ। तर, हामीकहाँ कमजोरी औल्याइदिनेहरु मित्र ठानिँदैन।

उनीहरुले देखाएका कमजोरीबाट शिक्षा लिएर आफ्नो स्थानीय सरकार बलियो र दीर्घजीवी बनाउनेतिर सोचिँदैन। बरु, आलोचकमाथि निरन्तर प्रहार गरेर उनीहरुलाई लाहाछापे प्रतिपक्षको कित्तामा पुर्‍याइन्छ। यतातिर सरकारले समीक्षा जरुरी ठान्दैन, किनकि ऊ कसैसामू झुक्नु आफ्नो अभिमानको अवसान ठान्छ।

बरु, अहिले प्रतिपक्ष त्यति आक्रमक देखिएको छैन।प्रतिपक्षको कमजोर नेतृत्व र आलोचनापछि स्थानीय सरकारको पहिलो काम हो आफ्नो समीक्षा गर्नु। समीक्षामा देखिएका कमजोरी हटाउनु र नियोजित रुपमा गरिएका आक्रमणको शालीन तर कौशलतापूर्वक चिरफार गर्नु। तर, सरकार दुवै गर्दैन।

आफ्नो समीक्षा जरुरी ठान्दैन। अनि, नियोजित आक्रमणमा पनि ‘आगोमा घ्यु’ हालेर आफ्नो घेरा खुम्चाइरहेको छ। अर्काथरि मालिकको रक्षाको नाममा उसको नाकमाथि तरबार तेर्साइरहेका छन्। यो झन् भयानक छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation