शिवराज नगरपालिकाको कृषि शाखामा तालावन्दी

चन्द्रौटा जेठ १०,

शिवराज नगरपालिकाले कोरोना भाईरस कोभिड १९ को महामारीको समयमा समयमा कृषि क्षेत्रलाई बेवास्था गरेको भन्दै शिवराजका कृषकहरुले शिवराज नगरपालिकाको कृषि शाखामा आज शनिबार ताला बन्दी गरेका छन् ।
स्थानिय किसानहरुरुले एक सूचना जारी गर्दै लामो लकडाउनको अवधिमा पनि पालिकाको कृषि शाखा र जनप्रतिनिधीहरु कृषि क्षेत्रलाई सम्बोधन हुने गरि कुनै पनि गतिबिधी नगरेको र कृषि क्षेत्रमा कुनै पनि उत्तरदायित्व बोध नगरेकोले कृषि शाखामा ताला लगाईएको बताएका छन् ।
ऋविद कृषि फर्मका संचालक कृष्ण बन्जाडे दुई महिना लामो लक डाउनको अवधिमा स्थानिय कृषकहरुको तरकारी खेतमा सडिरहेको र बाहिरबाट बजारमा तरकारी आएको, कृषि शाखाले बजार मुल्य नतोकेको बताउनु भयो । दुई महिना लकडाउन भयो हामीले सरकारका हरेक निर्णयलाई सर्बोपरि पानि मानेका छौ तर स्थानिय सरकारले कृष सड्दा पनि स्थनीय सरकारबाट कृषि क्षेत्रसंग कुनै पनि प्रकार समन्वय नभएको गुनासो गर्नु भयो ।
आज ताला बन्दी भएको आफुलाई पनि जानकारीमा आएको तर के विषयमा वहाँहरुले हामीलाई जानकारी गराउनु भएको छैन् उज्यालो पोष्टलाई सो विषयमा जानकारी गराउदै नगर प्रमुख नेत्र प्रसाद अधिकारीले भन्नु हामी नगरपालिकाले वहाँहरुको तरकारी खरिद गर्न नसक्ने बताउनु भयो ।
कृषि शाखा प्रमुख तारा प्रसाद चौधरीले किसानहरुको तरकारी बिक्री नभएको र यहाँ सांचालन हुने क्वारेन्टाईनहरुमा स्थानिय तरकारी खपत गर्न माग गरेको बताउनु भयो । सो बारेमा आफुले स्थानीय नगर प्रमुखलाई आफुले कुरा राखेको कुनै प्रतिकृया नआएको बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation