कपिलवस्तुमा आईसोलेशन अस्पताल संचालनकाे लागि १० डाक्टर २० नर्स माग गर्ने निर्णय

ताैलिहवा, जेठ १०
कपिलवस्तु जिल्लाका १० वटै स्थानिय तहमा आईसोलेशन सेन्टर संचालनकाे लागि १० जना डाक्टर २० जना नर्स माग गर्ने निर्णय भएकाे छ । जिल्ला प्रशासन कार्यालयमा बसेकाे जिल्ला काेभिड समन्वय व्यवस्थापन समितिकाे बैठकले कोरोना संक्रमितका नियमित चेकजाँचका प्रत्येक पालिकामा १ डाक्टर २ जना नर्स गरि १० पालिकाकाे लागि १० जना डाक्टर २० जना नर्स नेपाल सरकार संग माग गर्ने निर्णय गरेको हाे ।
प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सवै सुरक्षा प्रमुख विच वसेको वैठकले १० डाक्टर र २० जना नर्सको माग गरेको छ । यसै गरी जिल्ला भित्र रहेका अती आबश्यक वस्तु उत्पादन गर्ने र निमार्ण सामाग्री उत्पादन गर्ने उद्याग सर्तमा रहेर संचालन गर्ने निर्णय समेत गरेको छ । श्रमिकलाई आवास र खानाको व्यावस्था उद्योगमा हुने गरी न्युनतम भौतिक दुरी कायम गरी नियमित स्वास्थ्य जाच हुने गरी उद्योग संचालन गर्न सकिने बताईएको छ ।
यसै गरी वुद्धभुमी नगरपालिकाले कम्तीमा ५० वेडको आईसोलेसन वार्ड संचालन गर्ने तयारी गरेको छ । सुगरवरवामा निमार्णधिन रहेको सिमेन्ट उद्योगमा संचालनका लागी पहल भएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation