कपिलवस्तुमा ३ सहित प्रदेश ५ थप ७ जनामा कोरोना संक्रमण

कपिलवस्तु जेठ १०,
प्रदेश ५ मा शनिबार साँझ थप ७ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश नं. ५ मा ७ जना संक्रमित थपिएका हुन् । थपिनेमा कपिलवस्तुका ३ जना रहेका छन ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले शनिबार साँझ थपिएका संक्रमितमा कपिलवस्तुमा ३, रुपन्देहीको गैडहवाका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
गुल्मीका संक्रमित यसअघि मृत्यु भएका ४१ वर्षीय शिक्षकको कन्ट्याक्ट ट्रेसिङमा भेटिएका हुन्। योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ। आज बिहान ३२ जना संक्रमित थपिएका थिए भने दिउँसो ३६ जना संक्रमित थपिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation