भारतबाट नेपाल फर्किदै गरेका अर्घाखाँचीका एक जनाकाे बाटैमा मृत्यु

ताैलिहवा, जेठ ११

भारतबाट नेपाल फर्किदै गरेका अर्घाखाँचीका एक जना प्रवासी नेपालीको बाटैमा मृत्यु भएको छ ।
भारतको गुजरात राज्यबाट नेपाल फर्कदै गरेका उनको नेपाल नपुग्दै बाटोमा मृत्यु भएको हो ।
दुई वटा बसमा रहेका मध्ये अर्घाखाँचीका एक नेपालीको मृत्यु भएको खुल्न आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जानकारी दिनु भएको छ ।
“भारतको गुजरात बाट नेपाल आउदै गरेका उनको भारतमै मृत्यु भएको छ । उनको शब अहिले कृष्ण नगर सीमाको भारततर्फ पर्ने बढनीमा छन । नेपाल भित्राएर मृतकको स्वाब परिक्षण गराउने तयारीमा छौ ।” प्रजिअ पौडेलले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation