३ दिन पछी बल्ल अलपत्र बालिका सहित सबै संक्रमितलाइ बुटवल पठाइयाे

कपिलवस्तु ११ जेठ   ३ दिनदेखि अलपत्र बालिका सहित ८ संक्रमितलाई एकैसाथ बुटवल पठाइएको छ । पिपरा अस्पत्तालको एम्बुलेन्सले उनीहरुलाई आज अपरान्ह बुटवल पुराएको छ ।यता बाणगंगामा रहेका ६ वटा एम्वुलेन्स मध्ये कोही पनि तयार नभएर कोरोना पोजेटिभ पत्रकारलाई शनिवार राती प्रहरीको गाडीले र जनप्रतिनिधी आफ्नै स्कुटरमा बुटवल गएको समाचार आएपछि बाणगंगा कडा एक्सनमा उत्रिदा चालक संग सहमति भएको हो । 

आफ्नै मातहतको पिपरा अस्पत्तालका एम्वुलेन्स चालकले सबै सुरक्षा प्रबन्ध मिलाउदा पनि विरामी बोक्न नमानेपछि बाणगंगाले २ विकल्प दिएको थियो । पहिलो विकल्प क्याविन सहितको एम्बुलेन्स चलाएर विरामी बोक्ने, दोश्रो विकल्प अर्काे चालक नगरले राख्ने स्वेच्छापूर्वक राजीनामा दिएर दरबन्दी खाली गर्ने ।

यी दुई विकल्प मध्ये पहिलो विकल्प रोज्न चालक सहमत भएपछि केहि दिन देखि कोरोना पुष्टि भएर अलपत्र परेकी ८ बर्षकी वालिका सहित संक्रमित ८ जनालाई एकैसाथ बुटवल पठाइएको छ । यो संगै अव बाणगंगामा संक्रमण पुष्टि भएका कोहीहपनि अलपत्र अवस्थामा नभएको उपमेयर चक्रपाणी अर्यालले जानकारी दिनु भयो । 

यता उपमेयर अर्यालले उक्त एम्वुलेन्स कोरोना पोजेटिभका केशमा मात्र प्रयोग गर्ने मासिक अतिरिक्त सुविधा कोरोना महामारी हुदा सम्म दिने गरी सहमतिमा ल्याएर काम गराइको बताउनु भयो । बाणगंगामा अहिले सम्म १४ जना संक्रमित भएका छन् । ती मध्ये अधिकांस बुटवलको कोरोना अस्पत्तालमा पुराइएका छन्  भने एक जना तौलिहवा पठाइएका छन् । 

प्रेसपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation