‘औषधी नखाई निको भएकी’ नर्सकाे अनुभव

जेठ, १२

नेपालकी पहिलो कोभिड १९ संक्रमित एक नर्स निको भएकी छिन् ।

उनको कोरोना परिक्षणमा नेगेटिभ रिर्पोट आएपछि सोमबार उनि दुई हप्तापछि अस्पतालबाट घर फर्किएकी हुन् । 

कपिलवस्तु जिल्ला अस्पतालमा ५ बर्षदेखि कार्यरत संक्रमित स्टाफ नर्स अनिता शर्मा (नाम परिवर्तन) ले कुनै पनि औषधी नखाई कोरोनाबाट निको भएको सुनाइन । उनको यो भनाईले विश्वव्यापी रुपमा कोरोनाको त्रास फैलिएको अवस्थामा त्रासमा रहेका सबैलाई महत्वपूर्ण सन्देश दिएको छ ।

मैले तातोपानी र प्रोटिनयुक्त खानेकुरा खाएरै कोरोनालाई जिते उनले भनिन्, ‘दुई हप्ता आइसोलेशनमा रहदा कुनै पनि औषधी खाइन ।’


उनले अर्को सन्देश पनि बाडिन्, ‘म यो अवस्थामा सबैलाई तातोपानी खाने र प्रोटिनयुक्त खानेकुरा डाइट खानमा ध्यान दिन आग्रह गर्दछु ।’ हाम्रो शरिर बलियो अवस्थामा भयो भने कोरोना संक्रम भएपनि कोरोनालाई जित्न सकिन्छ, त्यसैले मैले यसो भन्दैछु ।


उनले भनिन्, कोरोनाको संक्रमण हुदैमा डराउनुपर्ने म देख्दिन । अझै कोरोनाको पोजेटिभ रिर्पोट आएर कोरोनाको लक्षण देखिएन भने त झनै डराउनु नै पर्दैन भन्न चाहन्छु । आइसोलेसनमा आराम गरेर यो रोगलाई जित्न सकिन्छ । पटक पटक साबुन पानीले हात धुने । अर्थात जतिखेर पनि सफा रहनमा भने ध्यान पुर्याउनुपर्छ ।

क्वारेन्टाइनमा नगएको र त्यस्तो खालको विरामी पनि हस्पिटलमा नहरेको हुँदा कहाँबाट कोरोना संक्रमण भयो भन्नेमा उनि अहिले पनि अचम्मित छिन् ।
नेपालमा पहिलो कोरोना संक्रमित नर्स अनिता शर्मा (नाम परिवर्तन) ले भनिन्, म यो कुरामा आफै अचम्मित छु ,म क्वारेन्टाइनमा गएकी थिइन । मैले त्यस्तो खालको विरामी पनि हस्पिटलमा हेरेकी थिइन । तर मलाई कोरोना संक्रमण कसरी देखियो ?


उनले थपिन्, म मा कोरोना संक्रमण देखिएपछि घरपरिवार र हस्पिटलका सबैको स्वाब संकलन गरि परिक्षण गरियो कसैको कोरोना पोजेटिभ देखिएन । म सँग सम्पर्क भएका आशंकामा १११ जनाको स्वाब लिएर जाँच गरियो तर कसैमा नदेखिदा म अहिले पनि कसरी सर्यो भन्नेमा अलमलमा छु । उनका अनुसार न त पहिले, न त संक्रमण भएको रिर्पोट आएपछि उनीमा कोरोनाको कुनै पनि लक्षण देखिएन् । उनले भनिन् ममा कोरोनाको लक्षण देखिएको छैन, मलाई स्वास्थ्यका हिसाबले कुनै पनि समस्या आएको छैन् ।


आफुमा समस्या नभएको हुदा कपिलवस्तु जिल्ला अस्पपतालको आइसोलेशनमै बिताएको उनले बताइन । लक्षण र समस्या देखिएको भए कोरोना बिशेष अस्पतालमा उपचारका लागि लैजानुहुन्थ्यो होला, म पनि जानुपर्छ भन्थे होला तर त्यस्तो केही भएन उनले भनिन्, त्यसैले आफैले काम गर्ने अस्पतालको आइसोलेसनमा बसे । उनले पछिल्लो पटकको दुई पटकको परिक्षणमा नेगेटिभ रिर्पोट आएको बताइन । उनले भनिन्, जेष्ठ १ गते र ४ गतेको रिर्पोट नेगेटिभ आइसकेको छ ।

म घरमै रहेको समयमा हस्पिटलमा स्वाब परिक्षणको रिर्पोट आएपछि परिवार चिन्ने पत्रकार दाजुहरुबाट खबर पाएको सुनले सुनाइन् ।


शुरुमा मलाई कोरोना देखिएको रिर्पोट सुन्दा मलाई विश्वास ने लागेन उनले भनिन्, त्यसैले हस्पिटलमा डाक्टरलाई फोन गरे । तर उत्ताबाट पनि जवाफ त्यही नै आयो । कोरोना फोकल पर्सनलाई सोध्दा पनि रिर्पोट पोजेटिभ आएपछि मैले रिर्पोटलाई विश्वास गर्न बाध्य भए ।

यता,
संक्रमणमुक्त भएकी स्वास्थ्यकर्मीले आफुमा सक्रमण देखिएर कार्यस्थलकै आइसोलेशनमा बसेको बिषयलाई कतिपय सञ्चार माध्यमले अनर्गल प्रचार गरि आफुलाई थप मानसिक यातना दिएको गुनासो गरिन् ।

संक्रमण मुक्त स्वास्थ्यकर्मीका बुवाले छोरी कार्यरत अस्पतालसँगै परिवार र आफन्तजनको रिपोर्ट समेत नेगेटिभ आउनुले संक्रमण देखिएकैमा शंका लागेको बताए । “सबैको रिपोर्ट हेर्दा, छोरीलाई संक्रमण नै नभएको हो जस्तो मलाई लागेको छ । ” उनले भने । (कपिलवस्तु सम्वाददाता खगप्रसाद चापागाईको सहयोगमा) बुटवल टुडेबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation