कपिलवस्तु अस्पताल ५० बेडको कोभिड बिशेषमा रुपान्तरण हुने, ५० बेडको कोभिड बिशेषमा रुपान्तरण हुने

कपिलवस्तु १२ जेठ, कपिलवस्तुका शिर्ष राजनैतिक नेतृत्व र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च प्रतिनिधी बीच कपिलवस्तुको तौलिहवा अस्पत्ताललाई कोभिड बिशेष अस्पत्तालमा रुपान्तरण गर्ने सहमति भएकोछ । तत्काल ५० बेडको कोरोना विशेष अस्पत्ताल बनाउने गरी २ दिनभित्र काम शुरु गर्न स्वास्थ्य मन्त्रालयले अस्पत्तालका मेडिकल सुपरीटेण्डेन्ट किशोर बन्जाडेलाई निर्देशन दिदै सूची पठाउन भनेकोछ ।
स्वास्थ्य मन्त्रालयको कोभिड महामारी समन्वय महाशाखाका इन्चार्ज डा. गुणराज लोहनीले टेलिफोन मार्फत उक्त निर्देशन दिनु भएको हो । उहाले ५० बेडकालागि चाहिने सबै चीज मन्त्रालयले उपलब्ध गराउने जनाकारी दिदै काम शुरु गरि हाल्न आग्रह गरेको तौलिहवा अस्पत्तालका डा. किशोर बन्जाडेले बताउनु भयो ।
बन्जाडेले मन्त्रालयले ५० बेडको अस्पत्ताल बनाउन के के थप गर्नुपर्छ आजै सूची पठाउने भनेको थियो मैले पठाइसके भन्ने भयो । हाल तौलिहवा अस्पत्तालमा अस्पत्तालको १५ वेड रहेकोछ । अस्पत्ताल विकास समितिका तर्फवाट अर्काे १५ बेड रहेकोछ । अव २० बेड थप्नुपर्छ , ८/१० जना बिशेषज्ञ सहितका चिकित्सक चाहिन्छ ,१५ जना जति मेडिकल अफिसर र त्यो भन्दा वढी स्टाफनर्श चाहिन्छ । यस्तै केहि उपकरण पनि चाहिन्छ ती सबै माग गरेको छु बन्जाडेले भन्नु भयो।
यता बाणगंगाको पिपरा स्थित सरकारी अस्पत्ताललाई आइसियू र भेण्टीलेटर सहितको अस्पत्तालका रुपमा विकसित गर्ने पनि मन्त्रालयले प्रतिबद्धता जनाएकोछ । कम्तीमा १०बेड सम्मको आइसियू बनाउन मन्त्रालयका तर्फवाट डा. लोहनीले प्रतिबद्धता जनाउनु भएको पूर्वमन्त्री एवम सांसद चक्रपाणी खनाल बलदेवले प्रेसपाटीलाई जानकारी दिनु भयो । बलदेवले कपिलवस्तुमा कम्तीमा १०० बेडको नमुना आइशोलेसन बनाउन प्रदेश ५ सरकार मार्फत आवश्यक समन्वय गर्न समेत मन्त्रालय प्रतिबद्ध भएको औल्याउनु भयो । अझ अरु के के गर्न सकिन्छ भनेर पुन भोली मन्त्रालयमा थप छलफल हुने उहाको भनाइछ । अहिले सम्म तौलिहव अस्पत्ताल र पिपरा अस्पत्तालका बिषयमा भएका कुराकानी कार्यानवयनमा लैजाने अरु बिषयमा थप छलफल गर्ने गरी अघि बढ्न उहाले भन्नु भयो ।


उल्लेखीत दुबै कामको लगानी संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने मौखिक सहमति भएको भेटघाटमा संलगन डा. पुष्पराज खनालले बताउनु भयो । पूर्व मन्त्री दिपकुमार उपाध्यायले सबैले जिल्लामा महामारी रोक्न केहि विशेष पहल गरौ भनेर यस प्रकारको डेलिगेशन गएको वताउनु भयो । मन्त्रालयका तर्फवाट डा. लोहनीले दुबै काम अघि वढाउने प्रतिबद्धता जनाउनु भएको छ भन्दै निरन्तर दवाव दिएर भएपनि काम गराइने उहाले प्रष्टयाउनु भयो ।
यसरी मन्त्रालयले एकाएक कपिलवस्तुकालागि बिशेष ध्यान दिनुको कारण हो कपिलवस्तुका पूर्वमन्त्री एवम सांसदहरु स्वास्थ्य मन्त्रालयमा बिशेष डेलिगेशन गएर गरेको पहल । डेलिगेशनमा पूर्वमन्त्री एवम सांसद चक्रपाणी खनाल (बलदेव) पूर्वमन्त्री दिपकुमार उपाध्याय र सांसद अत्तहर कमाल सहभागि हुनु हुन्थ्यो । उहाहरुसंगको डेलिगेशनमा कपिलवस्तुको बाणगंगाका स्थायी बासिन्दा समेत रहनु भएका नेपाल स्वास्थ्य ब्यावसाय परिषदका रजिष्टार एवम कोभिड प्याथोेलोजीका सल्लाहकार सदस्य डा.पुष्प राज खनाल पनि सहभागि हुनु हुन्थ्यो ।
यस प्रकारको डेलिगेशन जाने सहमति आइतबार साँझ भएको कोरोनाले श्रृजित समस्या र कपिलवस्तुको अवस्था विषयक जुम बैठकवाट भएको थियो। बैठकमा कपिलवस्तुवाट सामाजिक अभियन्ता पोमनारायण पौडेल र रविन्द्रनाथ ठाकुर समन्वयमा पत्रकार महासंघका पूर्ब अध्यक्ष भेषराज पाण्डेको जिल्लागत अवस्था विशेष प्रस्तुती र आज डेलिगेशन गएका ४ जनाको बिशेष सहभागिता,बरिष्ट पत्रकार बसन्त खनाल सहित मन्त्रालयका तर्फवाट समेत प्रतिनिधत्व हुने गरी छलफल भएको थियो । आइतवार राती ७ देखि ८ बजे सम्म भर्चुअल मिटिङ भएको थियो । मिटिङवाट आएको निष्कर्ष लिएर उहाहरु मन्त्रालयमा डेलिगेशन जानु भएको हो ।

प्रेसपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation