कपिलवस्तुकाे बिजयनगरमा आगलागी ९ घर सहित २ गोठ जलेर नष्ट

जेठ १३, ताैलिहवा कपिलवस्तु काेरोना भाइरससंग जुधिरहेको कपिलवस्तुमा फेरि अर्को विपत्ति लाइलागेको छ । कोरोनासंगै पछिल्ला केहि दिन गर्मीले आहलकाहल पारेको जनजीवनमा जिल्लाको विजयनगरको एक बस्तीमा आगलागी भएको छ ।

विजयनगर गाउँपालिकामा आगलागी हुँदा ९ घरसहित २ गोठ जलेर नष्ट भएको हो । गाउँपालिकाको वडा नं. ७ मानपुरमा करिब दिउँसो साढे १ बजेतिर आगलागी हुँदा घरगोठ जलेको प्रहरीले जनाएको छ । स्थानीय रमेश यादवको गोठबाट आगलागी भएको थियो ।

आगलागीबाट लत्ता कपडा, खाद्यान्न, भाँडाकुडा नगद र गरगहनासहित अन्दाजी २० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपाल जानकारी दिनुभएको छ ।

आगलागीबाट पशु चौपाया र मानवीय क्षति नभएको नेपालले बताउनुभयो । आगो किन कसरी लाग्यो भन्ने अझै खुल्न सकेको छैन । आगो स्थानीय, प्रहरी र दमकलद्धारा नियन्त्रणमा आएकोे थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation