काेराेना अपडेट: कपिलवस्तुमा थपिएका २६ मध्ये २ बर्षिया बालिका सहित २४ जना यशाेधराका, जिल्लामा १०९ संक्रमित

कपिलवस्तुमा थप २४ जना कोरोना संक्रमित थपिएका छन । राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा उनीहरुलाई कोरोना देखिएको हो ।

जिल्लाको भारतीय सिमावर्ती यशोधरा गाउँपालिकामा २४ जना संक्रमित थपिएका हुन् । संक्रमित थपिनेहरुमा वडा नं. १, २ र ८ का रहेका छन । जसमा दुई बर्षीया बालिका रहेकी छिन । यस्तै अरु १९ बर्ष देखि ५५ बर्षका पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

यिनीहरुको अनिरुद्ध माध्यमिकमा नमुना परिक्षण गरिएको थियो । सोमबार साँझमात्र लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिकाका एक एक गरी दुई जना कोरोना संक्रमित भेटिएका थिए । त्यो पनि मंगलबार मन्त्रालयले अध्यावधिक गरेको हो ।यशोधरा गाउँपालिकामा यसभन्दा अगाडी १२ जना संक्रमित भएकोमा आज २४ थपिएसंगै त्यहाँ संक्रमितको संख्या ३६ पुगेको छ । मंगलबार र सोमबार साँझ गरी २६ जना संक्रमित थपिएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । जसमा ११ जना निको भएर घर फर्किसकेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation