शिक्षकद्वारा १५ बर्षिया बालिका बलात्कृत


कपिलवस्तु, जेठ १४
कोरोना भाईरसका कारण जारी लकडानउको समयमा बलात्कार घटनाहरु बढ्दै गएका छन् । यसै बिच कपिलवस्तुको महाराजगंजमा शिक्षकबाटै बालिका बलात्कृत भएको घटना बाहिर आएको छ ।
महाराजगंज नगरपालिकामा १५ बर्षिय बालिका बलत्कृत भएकी छिन । नगरपालिका वडा नम्बर १स्थित नेपाल राष्ट्रिय आधारभुत बिद्यालयका औराहाका शिक्षक २८ बर्षिय गोरखनाथ लोहारले बालिकालाई बलत्कार गरी फरार भएका हुन । लोहारले मंगलबार राति बालिकालाई घरबाट तानेर घरको पछाडी लगी बलात्कार गरेको बालिका परिवारले आरोप लगाएका छन । घर पछाडी अचेत अवस्थामा बालिकालाई परिवारले फेला पारेको थियो । सोलगत्तै पीडीत बालिकाका पविराले प्रहरीलाई त्यस बारे जानकारी गराएको थियो । ््
पीडक लोहारलाई समात्न खोज्दा गाँउका केहीले उनलाई भागाएको पीडित बालिकाको परिावारले गुनासो गरे । बालिकाको बहादुरगंज अस्पतालमा स्वास्थ्य जाँच समेत गरिएको छ । पीडित बालिकाका परिवारले लोहार बिरुद्ध वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिने बताएको छ । बालिकालाई राती बहादुरगंजमा रहेको शिवराज अस्पतालमा स्वास्थ चेकजाँच गरिएको र फरार भएका पिडक लोहारको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation