२ लाख रोजगारी सिर्जना गर्न ११ अर्ब ६० करोड विनियोजन

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षमा २ लाख रोजगारी सिर्जना गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले २ लाख रोजगारी सिर्जना गर्न ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । 

यस्तै इन्टर्न गरेकालाई रोजगारी दिए तीन महिनासम्म आधारभूत तलबको आधा अनुदान सरकारले दिने व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले बताए । यसबाट ५० हजार रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।

सरकारले स्टार्टअप फन्डका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation