कृषि पकेट क्षेत्रका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन ,किसानलाई अनुदान दिन ९५ करोड बजेट

काठमाडौँ — सरकारले कृषि पकेट क्षेत्रका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन गरेको छ । 

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै बिहीबार अर्थमन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।

उनले सामूहिक खेती गर्नेलाई मात्रै शीतभण्डारको लागि अनुदान दिइने बताए । २ सय खाद्य भण्डारण स्थापनाको लागि १ अर्ब बजेट छुट्याइएको पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए । यस्तै सबै स्थानीय तहमा बजार पूर्वाधार निर्माण गरिने गरिने भएको छ ।

खेती गर्नु अगामै रासायनिक मल उपलब्ध गराउने उद्देश्यसहित अनुदानका लागि ११ अर्ब विनियोजन गरिएको छ । यस्तै किसान क्रेडिट कार्डको अवधारण सुरु हुने र एपमार्फत किसानलाई मूल्यबारे जानकारी गराइने मन्त्री खतिवडाले जानकारी दिए ।

उखु किसानलाई अनुदान दिन ९५ करोड बजेट छुट्याइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation