तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउन प्रकृया बढाउने

ताैलिहवा– सरकारले भगवान गाैत्तम बुद्धका पीता राजा शुद्धाेधनकाे दरबार क्षेत्र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आज बजेट भाषणको क्रममा तिलौरोकाटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रकृया अगाडी बढाउने बताउनुभएको हो ।

बुद्धकाे क्रिडास्थल तिलौराकोटको सन २०१२ देखि उत्खनन गरिदै आएको छ । विश्व सम्पदा सूचिमा सुचिकृत बनाउन तिलौरोकाटमा भैरहेका कामलाई सरकारले उच्च प्राथमिकतामा राख्दै बजेटमा समावेश गरेको हो ।
पुरातत्व बिभागले तिलौराकोटलाई बिश्व सपदा सुचीमा सुचीकृत गराउन पाँच बर्ष अघि नै युनेस्कोमा प्रस्तावित गरिसकेको थियो । यस्तै अर्थमन्त्री खतिवडाले बृहत्तर लुम्बिनी क्षेत्रको गुरु योजना अगाडी बढाइने पनि बताउनुभएको छ । साथै उहाँले रामग्राम गुरुयोजना कार्यान्वयनमा ल्याइने बताउनुभयो ।

विश्व शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल भएपनि लामो समयदेखि गुरुयोजना कार्यान्वयन हुन नसक्दा सोचेजस्तो विकास हुन सकेको छैन । सरकारले ०७७/०७८ को बजेटमा प्राथमिकताको साथ गुरुयोजना कार्यान्वयन गर्ने भनेपछि लुम्बिनीबासीलाई आशाको ढोका खोलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation