कपिलवस्तु थप ९ जनामा काेराेना संक्रमण पुष्टि , ११८ संक्रमित दांग जिल्लामा २ कोरोना संक्रमित थपिए

दांग
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दांग प्रयोगशालामा भएको कोरोना परिक्षणवाट ११ कोरोना संक्रमित थपिएका छन । प्रतिष्ठानले जारी गरेको विज्ञप्ती अनुसार कपिलवस्तुको विजयनगर गाउपालिका वडा नं. ३ का वर्ष २३ र ३० का २ जना वडा नं. ५ का वर्ष २६ को १ जना र विजयनगर गाउपालिका ७ को वर्ष १७,३७,३९,४०,४३, ५२ को ६ जना रहेका छन ।

उनीहरु रामनरेश मावी क्वारेन्टाईन बाट नमुना संकलन गरीएको थियो । यसैगरी दांगको गडवा गाउपालिका १ को वर्ष २८ को १ जना र वडा नं. २ को वर्ष ४१ को १ जना रहेका छन ।

आज थपिएका ९ जना गरि कपिलवस्तुमा ११८ काेराेना संक्रमण पुष्टि भएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation