भारतबाट फर्किने क्रममा मृत्यु भएका अर्घाखाँचीका युवामा काेराेना भएकाे पुष्टि

ताैलिहवा– गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका कृष्ण बहादुर गैरेको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा गैरेमा कोरोना पोजेटिभ रहेको पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिजय विकले जानकारी दिए ।

भारतको अहमदाबादबाट फर्किने क्रममा उनको डुम्रीयागंज भन्ने स्थानमा बसमै निधन भएको थियो । ३४ वर्षीय गैरेको शव लिएर आएका ३ जना भुमिकास्थानको क्वारेन्टिमा रहेका छन् । उनीहरुको पनि पिसिआर परीक्षण गरिने अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation