कपिलवस्तुमा विहिवार २८ जनामा कोरोना पुष्टी

कपिलवस्तु १६ जेठ । कपिलवस्तुको ३ स्थानिय तहमा २८ कोरोना संक्रमित थपिएका छन । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाँउपालिका ९ जना , कपिलवस्तु नगरपालिकामा १७ जना  र महाराजगंज नगरपालिकामा १ जना थपिएका हुन । वाकीं एक जनाको भारतवाट कृष्णनगर आउने क्रममा कोरोना संक्रमण भएर मृत्यु भएका हो ।            पुष्टि भएका मध्ये विजयनगर गाउँपालिका-वाड न. ३ का बर्ष २३,३० का पुरुष २जना, वाड न ५ का बर्ष २६ का पुरुष १ जना, वाड न ७ का बर्ष ४३,५२,३७,३९,४०,२७ का ६ जना  पुरुष रहेका छन । यसै गरि कपिलवस्तु नगरपालिका वाड न ७ का बर्ष २७ का पुरुष १ जना , वाड न ८ का बर्ष ३६,४०,१७,४४,२३,३५,२५, २८,३२,२५,३४,२० वडा नं १० का २४ वर््षका पुरुष १ जना , वडा नं ११ का २३,२५,२६ बर्षका पुुुुरुष ३ जना गरि १६  पुरुष रहेका छन  । महाराजगन्ज नगरपालिका वाड न ७ बर्ष ३० का १ जना पुरुष मा समेत कोरोना भएको छ  । यो थप भए संगै जिल्लामा कोरोना संक्रमण हुनेको संख्या १३६ पुगेको छ । एक जना अर्घाखाची जिल्लाका रहेका छन । जिल्लाका सवै स्थानिय तहका कोरोनाको संक्रमण भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation