अपडेट: कपिलवस्तुमा थप १ पत्रकार काेराेना संक्रमण पुष्टि, ४ पत्रकार संक्रमित

कपिलवस्तु १६ जेठ  ।  कपिलवस्तुमा अाज थप १ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । याे संगै ४ पत्रकार संक्रमित भएका हुन् । यसअघि बाणगंगामा २ ,कपिलवस्तु नगरपालिकामा १ संक्रमित देखिएका थिए । साेही क्रममा आज बुद्धभूमीका १ पत्रकार थपिएका हुन् ।

योसंगै ३ जना पुरुष पत्रकार र १ जना महिला पत्रकार संक्रमित भएका हुन् । संक्रमण पुष्टि भएका २ पत्रकार तौलिहवा स्थित मधेश मानव अधिकार गृहमा आइशोलेशनमा रहेका छन् भने २ जना बुटवल स्थित एन्फाएकेडमीको अइशोलेशन अस्पत्तालमा छन् । यता कपिलवस्तुमा आजमात्रै ५२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या १८८ पुगेको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation