कपिलवस्तु खुकुलो : बजार दैनिक दुई घण्टा , बैङ्क नियमित खुल्ने

जिल्ला शिलको निर्णय कार्यान्वयनका लागी बित्तिय क्षेत्र र अति आवश्यकिय बस्तु बिक्री बितरणका लागी गरिएको बजार खोल्ने अबधीलाई केहि खुकुलो बनाएको छ ।

शुक्रबार सम्पन्न जिल्ला कोरोना जोखिम व्यवस्थापन समितीको बैठकले पछिल्लो समय जिल्ला शिलको निर्णय कार्यान्वयन फितलो भएको जन गुनासो आए सगै निर्णयहरुलाई केहि खुकुलो बनाएको हो । प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले हाल सम्मको निर्णय कार्यान्वयनको अवस्था समिक्षा समेत गरेको थियो ।

त्यसै गरि हाल सम्म बैङ्क तथा बित्तिय संस्था हप्तामा दुई दिन मात्र खुला रहने भनिए पनि जेठ १८ गते देखी नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरिएको छ । त्यस्तै अतिआवश्यकिय सामाग्री खरिदका लागी सातामा सोमबार, बुधबार र शनिबार दैनिक दुई घण्टा बजार खोल्ने व्यवस्था रहेकोमा जेठ १७ देखी दैनिक रुपमा बजार बिहान ७ देखी ९ बजे सम्म बजार खोल्न पाउने निर्णय भएको छ ।

जिल्लाका बिभिन्न खोला नालामा लगाईएको ठेक्काको घाटगद्दीमा राखिएका नदीजन्य पदार्थको ढुवानीका लागी अनुमती दिने सगै प्रवासबाट आएका नेपाली नागरिकलाई कृष्णनगर नाकाको जामिया सेराजुल मदरसा कृष्णनगर र मर्यादपुर नाकाको यशोधरा गाँउपालिका ५ सुठौली स्थित पशुपति सामुदायिक बिद्यालयमा होल्डिङ्ग केन्द्र स्थापना गर्ने बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकिय अधिकृत मनोज कुमार सैनीले जानकारी दिए । #साभार : न्युज butwal टुडे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation