बिजयनगरको आइसोलेशन सेण्टर जिल्लामै ब्यबस्थित – मन्त्री बराल

 राम प्रघट कोरी / शहबाज खान

ताैलिहवा कपिलबस्तु   प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले कपिलवस्तुको विजयनगर गाउँपालिकाको आइसोलेशन सेन्टर जिल्लामै सबैभन्दा व्यवस्थित रहेको बताएका छन्  । विहिवार गाउँपालिकाको वडा नं. ७  परसोहियामा रहेको आर्युवेदिक अस्पतालमा सञ्चालित आइसोलेशन सेन्टरको अनुगमन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

  सरकारले बनाएको मापदण्ड अनुसार नै आइसोलेशन सेन्टर निर्माणगरी  व्यवस्थित ढङ्गले सञ्चालनमा रहेकोमा त्यसको प्रसंशा गर्दै प्रदेशबाट हुने सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन्  ।
   यसरी जिल्लामै विजयनगर गाउँपालिकाकाले उत्कृष्ट आइसोलेशन सेन्टर सञ्चालन गरेको  भन्दै गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा लगायत सम्पूर्णलाई उनले बिशेष धन्यवाद पनि दिए ।     जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, डब्लु.एच.ओका प्रतिनिधि, सहितको टोली जिल्लाका विभिन्न पालिकाको आइसोलेशन सेन्टरहरुको अनुगमनको क्रममा आज विजयनगरमा आएको थियो ।

https://ujyaalopost.com/state-5/3586/

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation