भारतबाट नेपाल प्रबेशका लागि २० वटा नाका तोकियो, कपिलवस्तुको मर्यादपुर र कृष्णनगरबाट मात्र प्रवेश पाईने

कपिलवस्तु १७ जेठ
सरकारले लकडाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई २० नाका तोकेको छ। कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले २० वटा नाका तोकेको हो ।
जसमा पशुपतिनगर, काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भित्तामोड, मंगलवा, गौर, वीरगञ्ज, महेशपुर, बेलहिया, मर्यादपुर, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला रहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीले बताउनु भयो ।
नेपाल र सरकार र भारत सरकार बिच भएको सहमति अनुसार कोरोना महामारी भर नेपाली नागरिकलाई भारतमै क्वारेन्टाईन गर्ने चेक जाँच पछि नेपाल ल्याउने तथा नेपालमा रहेका भारतिय नागरिहहरुलाई नेपालमै राखेर चेकजाँच गरेर पठाउने सहमति भएता पनि पछिल्लो समय भारत सरकारले् लकडाउन मोडल परिवर्तन गरि पछि भारतबाट नेपाल आउने नेपालीहरुको बढेको छ ।
लकडाउनको बाबजुत पनि हजारौ नेपालीहरु खुल्ला सिमानामा लुकिछिपी नेपाल प्रबेश गरेको थिए । हजारौ नेपालीहरु नेपाल भारतको सिमा दश गजामा अल पत्र परेपछि नेपाल भित्राएर क्वारेन्टाईन गरिएको थियो । तथापी नेपालीहरुलाई नेपाल छिर्न सहज थिएन । जस्ले गर्दा भारतमा पेसा व्यवसायी, रोजगारी, ज्याला मजदुरी गर्न गएका नेपालीहरु खुल्ला सिमानाको प्रयोग बिभिन्न ससाना नाकाबाट लुकिछिपी नेपाल प्रबेश गरिरहेका थिए । जस्ले कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गएकोे छ ।
यसरी भारतबाट नेपालमा असुरक्षित रुपमा नेपाल भित्रने नेपालीहरुको संख्या बढ्न थाले पछि उनिकाहरुको उचित व्यवस्थापन र चेकजाँका लागि कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको २० वटा नाका तोकेको हो ।
यो नाकाहरुबाट प्रवेश गराउने निर्णय कार्यान्वयन छिट्टै ल्याइने सचिव बिडारीले जानकारी दिनु भएको छ । सरकारले भारत हुँदै तेस्रो देशको नागरिकलाई नेपाल प्रवेश गर्न लकडाउन सुरु हुनुअघि देखि नै रोकिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation