नेकपा सचिवालय बैठकमा एमसिसीबारे छलफल

काठमान्डाै १७ जेठ

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी सचिवालय बैठकमा एमसिसीबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा एमसिसीबारे छलफल भइरहेको एक सचिवालय सदस्यले बताए। संसदबाट पारित हुन बाँकी रहेको र विवादित बनेको एमसिसी बजेटमा समावेश गरेको भन्दै नेकपाका केही सचिवालय सदस्य रूष्ट छन्।

बैठकमा एमसिसी कार्यदलले तयार पारेको प्रतिवेदनबारे छलफल हुनेछ। नेकपाले सचिवालय सदस्य झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरू भीम रावल र प्रदीप ज्ञवाली सम्मिलित एमसिसी अध्ययन कार्यदल बनाएको थियो। गत माघमा गठित उक्त कार्यदलले यथास्थितिमा एमसिसी पारित गर्न नहुने सुझाव दिएको थियो। तर सरकारले संसदको यो अधिवेशनमा एमसिसी पारित गर्ने तयारी गरेको छ।

https://ujyaalopost.com/bishess/3654/

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation